कपिलवस्तुमा युवाहरु जुटे

0
344

माधब भाट क्षेत्री

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कपिलवस्तुको भेला संघका केन्द्रिय महासचिव कृष्णराज अचार्यको प्रमुख आथित्यतामा गोरुसिंगेमा सम्पन्न भएको छ ।

सम्पन्न भेलाले मिना पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल युवक संघ जिल्ला समिति कपिलवस्तु पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा दिपक भुसाल, सचीवमा कमल बि.सि., सहसचीवमा राम बहादुर चमार र कोषाध्यक्षमा बिजय पोख्रेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कलावति खड्का, पबित्रा रोका, भोज बहादुर घ.म. र ओमकार चौधरी रहेका छन् । भेलाले सल्लाहकारहरुमा गणेश खनाल, युवराज आचार्य, बिमला भुसाल, गोपाल खनाल र मान बहादुर नेपालीलाई चयन गरेको छ ।

राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ सदस्य हिमलाल वाग्ले, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, ने.क.पा.(मसाल) जिल्ला प्रवक्ता छबिलाल गैरे, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य चित्र एम.सि., रक्तिम अभियान जिल्ला सदस्य लक्ष्मी खनाल लगायतले भेला सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रम गणेश खनालको स्वागत मन्तब्य, मान बहादुर नेपालीको अध्यक्षता र युवराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here