कपडा उद्योग सञ्चालनमा आउँदै

0
432
हेटौंडा । सरकारले हेटौंडाका १५ उद्योगमध्ये पुन: १३ कपडा उद्योग सञ्चालनमा ल्याउने ठहर गरेको छ ।  यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघन प्रसाद पुडासैनी संयोजकत्वको सात सदस्यीय संयुक्त समितिले हेटौाडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप अध्ययन कार्यदल गठन भएको थियो । समितिमा सेनाका अधिकृत पनि सदस्य थिए ।
          औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौाडा कपडा उद्योगको २० बिगाह जमिनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आउने छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्ध्र वटै उद्योगका लागि संरचना तयार भए पनि सी.ई. हाइड्रो मेकानिकल वक्र्स, थ्री स्टार ग्रुप भने अझै सञ्चालन हुन सकेका छैनन् । सी.ई. हाइड्रो मेकानिकल वक्र्स, न्यू मकवानपुर खाद्य उद्योग, फार्मर एग्रो सेन्टर, नेसनल स्ट्रक्सन इन्जिनियरिङले उद्योग सञ्चालन गर्न २०७३ जेष्ठ अघि नै सम्झौता गरेका थिए ।
         भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग सङ्घका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युतमा थप १० के.भी.ए. विस्तार गरिएको हेटौाडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्य अनुसार सञ्चालन भएको दावी गरिएको छ । उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बााकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अर्यालले जानकारी दिए । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here