कति भ्रष्ट, ठगी, चोरी अनि लुटाहा छन् यही समाजमा !

0
509

श्रम गराउन गएका रमेश यसरी ठगिए, श्रम कार्यालयमा घुस र कमिसनको खेल, यसरी हुन्छ सेटिङ

वैदेशिक रोजगारी धेरै नेपालीहरुलाई साच्चिकै एउटा ठुलो बाध्यता छ भने त्यस अन्तरगतको श्रमकार्यालयमा तिनै सर्वसाधारण जनताको कामलाई सुलभ र सहजीकरण गर्न राज्यको तलब भत्ता खाएर बसेका सरकारी कर्मचारीहरु मध्ये कसैकसैलाई बर्ह्मलुटको मनग्ये खजना बनिरहेको छ | बारम्बारको अनुगमन मात्रै होइन अक्तियार दुरुपयोग अनुसंधान आयोग देखि विभिन्न सुरक्षा निकाय र पत्रकारहरुको प्रत्यक्ष निगरानी हुँदाहुँदै पनि श्रममन्त्रालयको श्रमगर्ने ठाउमा खुलेआम घुस र कमिसनका नाममा मोटो रकम असुल्दै रकम ठग्नेहरुको कमि छैन। यस्तै ठगीको सिकार बनेका छन अर्घाखाँची सनपा -९ घरभइ कुवेतमा घरेलु कामदारका रुपमा कामगर्ने रमेश प्रसाद भुसाल |

झण्डै दसौंवर्ष देखी वैधानिक तरिकाले नेपाल सरकारको कानुनी प्रक्रिया पुरा गरेर आवतजावत गरेका ऊनलाई भने यो पटक निक्कै सास्ती भोग्नुपरेको छ | आफ्नो दुधे नाबालक छोराको उपचार गर्न इमर्जेन्सी बिदालिएर नेपाल गएका थिए उनी | छोराको उपचारपछि पुनः कुवेत फर्कने भन्दै कुवेत स्थित नेपाली दूतावासबाट पुनः कुवेत फर्कन मिल्ने सम्पुर्ण कागजातहरु साथमा लिएर श्रमकार्यालय छिरे, कार्यालयमा उनको श्रम बन्न नसक्ने भन्दै प्रसासन साखामा पठाइयो त्यहा कुवेत स्थित नेपाली दूतावासबाट आधिकारिक रुपमा मेल नआएको सुचना दिइयो त्यस लगत्तै रमेश भुसालले कुवेतमा रहेका आफ्ना भाइलाई तुरुन्त फोन गरेर कुवेत स्थित नेपाली दूतावासमा गएर मेल गर्न लगाए | सोही अनुसार उनका भाइले कुवेत स्थित नेपाली दूतावासमा गएर विवरण बुझ्दैजाँदा दुताबासले पहिले नै आधिकारिक रुपमा मेल सहितको सबै सुचनाहरु पहिले नै पठाइ सकेको र उक्त सूचनाको दर्ता नम्बर समेत जानकारी गरायो तत्पश्चात रमेश भुसालले सोको जानकारी श्रम अधिकारीलाई तुरुन्तै गराए तर विडम्बना आधिकारिक रुपमै उनलाई नेपाल सरकारका उद्धव लुइँटेल नाम गरेका एक अधिकृतले सरकारले कुवेत जाने घरेलु कामदारलाई श्रम स्वीकृत नगर्न आदेश जारीगरेको नक्कली सुचना देखाएर तपाईंको काम बन्दैन भनेर फिर्ता पठाए।

आफ्नो काम नबन्ने भएपछि निरास बनेर बाहिर निस्केका रमेश प्रसाद भुसालले त्यहा बाहिर रहेका अनलाइन श्रमको फारम भर्ने व्यावसायि कहाँ आफुलाई सहयोग गरिदिन अनुरोध गर्न पुगे सबैले एउटै खालको रकम लाग्ने भनेपछि सबैभन्दा कममा कस्ले काम गर्छ त भनेर केहिबेर खोजीमा हिडे | अर्को श्रमको अनलाइन फारम भर्ने ठाउँमा पुगेर उनलाई सहयोग गर्न अनुरोध गरे त्यसपछि उनलाई सहयोग गर्ने आश्वासन दिइयो साथै काम गरेबापत लाग्ने तिन प्रकारको दस्तुर समेत उनलाई बताइयो ।
उनलाई बताएको श्रम बाहेक अतिरिक्त लाग्ने खर्चको विवरण यसप्रकार छ।

१. श्रमकार्यालय जानुअघि सिधै उनीहरुको माध्यमबाट मात्रै श्रम गराए बिमा र श्रममा लाग्ने खर्च भन्दा बापत भन्दा (रु ४०००) चारहजार अतिरिक्त लाग्ने।

२. यदि श्रम कार्यालय गएको तर हाकिम सम्म नपुगी बिच काउन्टरबाट बुझेर मात्रै फर्केने वालाले बिहानको सिफ्टमा खटिएका कर्मचारीहरुलाई सेटिङ्ग मिलाए बापत श्रम र बिमाको रकम भन्दा (रु. ८०००) आठ हजार धेरै लाग्ने।

३. काउन्टर भन्दा भित्र अधिकृतको सम्म कागजात पुगेको श्रमवालाले आफ्नो श्रम र बिमाको रकम भन्दा (रु.१२०००) बाह्र हजार बढी तिरेर श्रम गर्न सकिने जानकारी गराए।

श्रमको काममा तिन दिनसम्म दिनरात जताततै भौंतारिएका भुसालको त्यसै दिनको राती दशबजेको जहाजबाट कुवेत फिर्ता आउनुपर्ने बाध्यता थियो त्यसैले उनले आफ्नो श्रम र बिमाको रकम भन्दा रु ८००० आठ हजार धेरै तिरेर जनवरी चारको बिहानको सिफ्टमा बिना लाइन एकै घण्टा श्रम गरेको कागजात हातमा आइपुग्यो त्यसपछि त्यसै राति कुवेत आइपुगे।

खाडीको रापमा रगत र पसिना संग पैसा साटेर पठाएको रेमिटेन्सले तिनै भ्रष्ट कर्मचारीको परिवार पाल्ने तलब सरकार मार्फत उपलब्ध गराएकै छौ | जनताको काम गर्न भनेर राज्यको तलव सुबिधा लिएर घुस र कमिसन खाने सबै कर्मचारीहरुको मुखमा तिनकै आमाको आलो रगत जाओस् तिनका दुबै हातहरुमा क्यान्सर भएर काट्न परोस् तिनिहरुले भ्रष्टाचार गरेर कमाएको रकम सबै तिनकै उपचारमा स्वाहा होस् तिनीहरु मरेपछि अर्को जन्ममा दरिद्र आमाबुबाको घरमा एउटा हात एउटा खुट्टा एउटा आँखा नभएको अपांग भएर जन्म लिन परोस् यो खाडीमा काम गर्ने ति सबै मजदुरहरुको सामुहिक श्राप हो ।

श्रोतः युबराज बस्याल, कुवेत।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here