कतारमा नेपाली संघ, संस्थाहरुको अवस्था

0
243
  • महेन्द्र थापा मगर

मेझोर जेदो, सेमिङ्पाऊ, नमस्कार ।

विगत २०/२२ बर्ष अगाढी दोहा कतारमा नेपाली सहयोग समाजको नामबाट संगठित कतारमा नेपाली समाज थियो । आजसम्म आईपुग्दा झण्डै डेढ सय संघ संस्थाहरु गठन भईसकेका छन् । जस्मा कति नेपाली राजदुतावास, कतारमा दर्ता भएका छन् भने कति छैनन् । बैचारिक राजनीतिक दलहरुका भातृ संस्थाको रुपमा, आदिवासी जनजातिहरुको हक, हित, अधिकार, भाषा लिपि, धर्म, कला, संस्कृतिको संरक्षण संबद्र्वनका निमित्त महासंघ लगायत विभिन्न मातृसंस्थाको रुपमा, दलितहरुको एकताको लागि दलित संस्थाहरु, मधेसी समुदायमा एकताको लागि छन् भने आफ्नो जिल्लाको उत्थानको लागि गठित संस्थाहरु पनि रहेका छन् ।

अहिले नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक पद्घति अनुसार सात वटै प्रदेशमा रहेका जिल्लावासी नेपालीहरुको संगठित प्रदेशीय संस्थाहरुले कतारमा रहेका अधिकाँश जिल्लावासी संघ, संस्थाहरुलाई समेट्ने कार्य गरिरहेको छ । यो असाध्यै सकारात्मक पक्ष रहेको छ ।

यहाँ संघ संस्थाका विशिष्ट पदका पदाधिकारीहरुबाट पनि सामाजिक कार्यहरु भन्दा पनि ब्यक्तिगत स्वार्थका लागि पैसा र पावरको आडमा मान सम्मान अनि ईज्जतका निमित्त देखासिखी गर्न कार्यहरु गरेको देख्दा साह्रै दु:ख: लाग्छ । यि कुराहरु वाहेक समग्रमा भन्नु पर्दा कतारमा नेपाली संघ, संस्थाहरुको अवस्था र उद्धेश्य करिब करिब एउटै छ, नेपाल राष्ट्र विकाश र नेपालीहरुको हक हितको लागि रहेको छ । धन्यवाद ।

महेन्द्र थापा मगर

प्रमुख सल्लाहकार
नेपाल मगर संघ, शाखा कतार

कतारको भौगोलिक, अवस्थाबारे छोटो चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here