वीरेन्द्रनगर । राउटेहरुले सरकारले उपलव्ध गराउादै आएको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थित थोत्रीखोलामा रहेका राउटेले कार्तिक महिनाको भत्ता नपाएका हुन ।
दैलेखको गुरास गाउापालिकाले भत्ता वितरण नगर्दा बस्तीमा खाद्य सङ्कट खेप्नु परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताएका छन् । उनले भत्ता नपाउादा देउता पुज्ने काम समेत प्रभावित हुने बताए । राउटेले गत कार्तिकमा पुज्नु पर्ने देउता हालसम्म पुजेका छैनन् । उनका अनुसार राउटेले मङ्सिर १५ गते देउता पुज्ने तयारी गरेका छन् ।
भत्ता नपाउादा लत्ताकपडा समेत किन्न नपाएको गुनासो अर्का मुखियाा डिल बहादुर शाहीले बताए । चिसो मौसम सुरु भएसागै जङ्गलका बीचमा बस्दै आएका राउटेहरु विरामी पर्न थालेका छन् । चिसोका कारण रुगाखोकी र ज्वरोले वालबालिकाहरु विरामी पर्न थालेका हुन् ।
यसैबीच, स्थानीय सरकारले राहत वितरण नगरेका बेला सोमबार ओछ्याउने कपडा वितरण गरिएको छ । एकसरो कपडा र छाप्रोमा बस्दै आएको ४७ घरपरिवारलाई ७० वटा कम्बल र खानेकुरा प्रदान गरिएको छ । कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घले जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेको हो । सङ्घका अध्यक्ष महिमा शाहले राउटे समुदायलाई समाजको मूलधारमा ल्याउन आवश्यक रहेको बताइन् । एकाइसौा शताब्दीमा मानिसहरु कहाा पुगिसके तर राउटेहरु भने नाङ्गै, भोकै जङ्गलमा जीवन बिताउने समुदायका बारेमा सरकारले विशेष ध्यान दिनु पर्ने बताइन् । यता, गुरास गाउापालिकाले भत्ता वितरण गर्न नसकिएको जनाएको छ । गाउापालिकाका नायक सुब्बा कर्ण बहादुर थापाले कार्तिक महिनाको भत्ता राउटेले पाउन नसकेको बताए ।