एमाले-माओवादी एकता : कम्युनिष्ट आन्दोलनको विसर्जन

0
587

-संजाल शर्मा

नेपालमा माओवादी केन्द्र र नेकपा (एमाले) को जनस्तरमा जुन ठूलो समर्थन रहेको थियो आज शक्तिको नाममा उनिहरुको मिलन भैसकेको छ र नेपाल कम्युनिष्ट पार्टी राख्ने घोषणा भएपनि त्यो पार्टीसँग क्रान्तिकारी कम्युनिस्ट मान्नु पर्ने आधारभूत दृष्टिकोण हुने छैन । उनिहरूमा आएको संशोधनवादी, वर्गसमन्वय तथा दक्षिणपन्थी, अवसरवादी चरित्रका कारणले सर्वहारा वर्गको सही नेतृत्व गर्ने दिशामा भन्दा पनि उनीहरु पुजीवादी बर्गको हित अनकुल प्रयोग हुन, दलाल, भ्रष्टाचारी, कमिसनखोर वा नाफा खोरसंग मिलेर आफ्नो शक्ति टिकाउन प्रमुख ध्यान दिईरहेका छ्न ।

दुई पार्टीहरु मुलतः चुनाव जित्न र बहुमत पुराउनैका लागी मिलन भएका छ्न यो सोच्नु गलत हुनेछ कि अब उनीहरु ले कम्युनिष्ट आन्दोलन लाई सहि दिशामा अगाडी बढाउने छन । उनिहरुले श्रमिक वर्ग वा सर्वहारा वर्गलाई वर्गसङ्घर्षसँग जोड्दै मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको सही दृष्टिकोणबाट नै वास्तवमा सर्वहारा क्रान्ति सफल पार्न सकिन्छ र सर्वहारा अधिनायकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने कुरा उनिहरुमा हेक्का रहने छैन मात्र उनीहरुले अवसरवाद, सम्झौतावाद, समर्पणवादबाट मात्र आफ्नो शक्ति टिकाउने कुरामा मात्र बिश्वास गर्नेछन् ।

हाम्रो देशमा व्यापक जनसमुदायसँग नेतृत्वको घनिष्ठ सम्बन्ध स्थापित गर्न सक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता छ र नेपालका कम्युनिस्ट पार्टी प्रमुखतः दुई कित्तामा धु्रवीकरण अवस्यक पनि छ। दक्षिणपन्थी अवसर फसेका र समान कार्यशैली भएका पार्टी मिल्नु एउटा खुशीको कुरा पनि हो जो आज एमाले र माओवादी केन्द्र एकता भएको छ अब दिनमा कमसेकम जनताहरु माके कम्युनिष्ट धारमा लाग्ने कि एमाले धारमा लाग्ने यो भ्रमबाट मुक्त हुनेछन् भने अर्कोतिर कम्युनिष्ट पार्टी भन्नेहरूको संख्या समेत घट्ने छ।

‘एउटा देशमा एउटा एक वा एक भन्दा बढी कम्युनिष्ट पार्टी रहन सक्दैन भन्ने अर्थमा वा दक्षिणपन्थी अवसरवादको विरुद्ध सशक्त प्रकारले लडन छरिएर रहेका कम्युनिष्टहरु लाई मिलाएर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउनु पर्दछ।’

अर्कोतर्फ नेपालमा नेकपा (मसाल), क्रान्तिकारी माओवादी र विप्लव  नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी भएता पनि जन स्तरमा व्यापक रूपमा क्रान्तिकारी सङ्गठन छैन अर्थात यी पार्टी प्रति जनताको ठुलो समर्थन छैन। बेग्लाबेग्लै रुपाम भएको यिनिहरु को कम्जोर शक्ति लाई एक ठाँउमा ल्याउन सकेको खण्डमा एकीकृत बनाउदा पार्टीको आकारलाई व्यापक हुने छ । एउटा देशमा एउटा एक वा एक भन्दा बढी कम्युनिष्ट पार्टी रहन सक्दैन भन्ने अर्थमा वा दक्षिणपन्थी अवसरवादको विरुद्ध सशक्त प्रकारले लडन छरिएर रहेका कम्युनिष्टहरु लाई मिलाएर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउनु पर्दछ। नेपालका कम्युनिस्टलाई नयाँ क्रान्तिकारी ढङ्गले अगाडि लैजान वास्तविक क्रान्तिकारी वा सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीलाई नयाँ जनवादी क्रान्तिको बृहत् मोर्चामा ल्याउनु पर्ने मुख्य कार्यभार राष्ट्रिय र अन्तर्राष्ट्रिय आन्दोलनमा अग्रगामी कम्युनिष्ट पार्टी नेकपा (मसाल) ले विशेश भुमिका खेल्नुपर्ने आवश्यकता समेत रहेको छ ।

संसदीय चुनाव जितेका आधारमा कम्युनिष्ट पार्टीको आकार ठुलो देख्नु, चुनाब हारेका आधारमा मात्र कम्युनिष्ट पार्टीको आकार सानो देख्ने कुरा सतही विश्लेषण हुनजान्छ। कम्युनिष्ट पार्टीलाई उसले लिएको नीति कार्यक्रम र योजना आधारमा उसलाई शक्तिशाली ठान्नुपर्ने हुन्छ तर वर्तमान समयमा केही कम्युनिष्ट पार्टी हरु चुनावी फोहरी खेलबाट मात्र कम्युनिस्टहरू अगाडि बढ्न सकिन्छ भन्ने कुरा स्वीकार गरेका छन त्यो बाटोबाट बुँर्जुवा प्रणालीको पुँजीवादी अर्थतन्त्रमा, सुखसयल र सुविधा पलायन हुने कुरा कुनै शंका छैन। बुर्जुवा कम्युनिस्ट पार्टी र देशको प्रमुख प्रजातान्त्रिक घटक नेपाली काङ्ग्रेस लगायत मधेसबादी, राजावादी कतिपय राजनैतिक शक्तिसँग कुनै प्रकार को भिन्नता रहने छैन। काङ्ग्रेसले विशेष गरेर सामन्तवादी शक्तिको सोच अनुरूप पुँजीपतिको इशारामा काम गर्दछ । उसले व्यापक मात्रामा पुँजी सङ्कलनको साथमा सत्ताको दुरूपयोग गर्दै जनविरोधी कदम चलाउने चुनावमा भोटको आधार नै पैसालाई बनाउछ भनेर कम्युनिष्ट पार्टीले विश्लेषण गर्ने आधार समेत समाप्त भएको छ किनकी माओवादी केन्द्र र नेकपा (एमाले) लगाएत का कतिपय कम्युनिष्ट भनाउदा हरु समेत कांग्रेसको कार्यशैली भन्दा फरक छैनन । यस अर्थले माओवादी केन्द्र र एमालेले कम्युनिस्टको नाममा आफ्ना आदर्श सिद्धान्त र व्यवहारलाई घाम मा सुकाएको कुरा छर्लङ्ग छ।

तर सर्वहारा वर्गीय क्रान्तिकारी पार्टीको सङ्गठनको प्रमुख श्रोत नै सङ्गठित जनता हुन् र त्यही नै असल क्रान्तिकारी खुराक नै हो । क्रान्तिकारी जनताहरु आफ्ना क्रान्तिकारी मागहरूलाई समेट्न नसकेपछि अन्ततः भने उनीहरूसँग जनता आफै अलग्गिएर जानेछन् र त्यस प्रकारको पार्टीप्रति जनताको विश्वास टुटेर जानेछ । त्यस अर्थमा एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको सन्दर्भमा कांग्रेस, एमाले, माओवादी केन्द्र जस्ता पार्टीहरूो व्यापक भण्डाफोर गरेर अगाडि बढ्नु पर्दछ ।

एमाले र माओवादीले आफूलाई फरक देखाउने मार्गमा हिँड्ने यात्रा अन्ततः उग्रवामपन्थी, अवसरवादी, दक्षिणपन्थि तथा पलायनको दिशामा अगाडी बड्दै आजका दिनमा आउदा उनीहरुले क्रान्तिकारी मार्गलाई विसर्जन गर्न पुगेका छन।’

सामाजिक क्रान्ति एक ऐतिहासिक आवश्यकता रहेकोले क्रान्तिकारी पार्टीले व्यावहारिक स्वतन्त्रताका आधारमा बाङ्गाटिङ्गा र घुमाउरा बाटाहरूसँग खतरा मोल्दै प्रतिरक्षात्मक तरिकाले बुँर्जुवा राज्यव्यवस्थासँग जुध्दै क्रान्तिलाई व्यावहारिक र सैद्धान्तिक ढङ्गले निखार्दै लैजान सक्नु पर्दछ ।

नेपालमा कम्युनिष्ट पार्टी विना पुँजीवादी क्रान्ति सफल हुन सक्दैन । तर नेपालमा मालेमावादी पद्धति अनुसार कम्युनिष्ट पार्टीहरू हिँड्न नसकेर नै क्रान्तिको मार्गमा विचलन आएको देखिएको छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा आएको अवसरवादले डरलाग्दो रूप लिएपछि कम्युनिस्ट आन्दोलन नै चिराचिरामा परिणत हुँदै यो अवस्था सम्म आईपुगेको छ। एमाले र माओवादीले आफूलाई फरक देखाउने मार्गमा हिँड्ने यात्रा अन्ततः उग्रवामपन्थी, अवसरवादी, दक्षिणपन्थि तथा पलायनको दिशामा अगाडी बड्दै आजका दिनमा आउदा उनीहरुले क्रान्तिकारी मार्गलाई विसर्जन गर्न पुगेका छन।

त्यसकारण, नेपालको आन्तरिक राजनीतिमा वैदेशिक शक्तिबाट हुने विभिन्न प्रकारका हस्तक्षेप समाप्त नगरी हामीले देशलाई समुन्नत विकास र आत्मनिर्भर बनाउन सक्दैनौँ । त्यसकारण जनवादी शक्तिहरूका बीचमा बृहत् मोर्चा र नयाँ जनवादी क्रान्तिको आधार खडा गर्ने अभिभारा क्रान्तिकारी पार्टीप्रति आएको छ । त्यसैले थप क्रान्तिका कार्यभारहरूलाई अगाडि बढाउन नयाँ ढङ्गले अगाडि बढ्न आवश्यक छ । क्रान्तिकारी सर्वहारा वर्गको चाहना अनुसार पार्टीलाई सुदृढ गर्दै लैजानु र सकेसम्म छिटो आफ्नो जनवादी सत्ता निर्माण गर्ने प्रयास गर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here