उति वेला कर, यति वेला करना है तो कर, नहिं तो मर

0
231

काठमाडौं । आफ्नो तलब–भत्ता र सेवा–सुविधा विस्तारका लागि जनप्रतिनिधिहरू जनतामाथि विभिन्न शीर्षकमा कर थोपर्न व्यस्त छन् । २ सय ४० वर्ष पुरानो सामन्ती व्यवस्था फालेर गणतन्त्र सहित संघीयता लागू गरेको दाबी गर्ने दलहरूले कर असुल्ने नाममा बाइसे–चौबीसे रजौटाशैलीमा जनतामाथि शोषणको नीति अवलम्बन गरेका छन् । आफूले मत दिएर जिताएका जनप्रतिनिधिबाट गाउँघरमै सेवा–सुविधा पाउने, विकास निर्माणका काम जनसहभागितामा गाउँघरमै हुने, रोजगारीको अवसर सिर्जना हुने आशा राखेका जनता स्थानीय निकायहरूले थापेको करको पासोमा फस्दा आक्रोशित बनेका छन् ।

तत्कालीन बाइसे–चौबीसे राज्यहरूमा रहेका कर यसप्रकार थिए:–

१. गोडधुवाई: राजाकी छोरीको विवाहमा लाग्ने रकम, २. पेटाली: अवैध गर्भधारण पछि भ्रूण हत्या गर्दाको दण्ड, ३. हिल–साउली: धुलपानी–हिलोखेत र कुलाको पानी, पाखो बालीमाथि लाग्ने कर, ४. कुडिया–कुरिया: बेठबेगारी ५. बैकर, मानोबारो: राजपुरुष सिदा ६. दुवाउ: राजा र राजपरिवारलाई दिनुपर्ने दूध, दहीको ठेकीकर, ७. पोटेले: दशैं–तिहारमा साना राजालाई ठूला राजाले दिने फुर्को ८. छपरदाम: राजाको दौडाहामा घरघरले तिर्नुपर्ने कर ९. कठककुठसेवा: ठूलाठालूका दारकाठ–दाउरा बोक्नु पर्ने स्थिति, १०. सुतो: कपासको खेतीमा लाग्ने कर ११. जारीकर: अर्काकी स्वास्नी लिनेबाट राजाले लिने रकम १२. मृत्युकर: सन्तान नभएको व्यक्ति मर्दा निजको सम्पत्तिबाट राजालाई तिर्ने कर, १३. मुडाली: परिवारको संख्याका आधारमा श्रमदान गर्दा लाग्ने श्रमकर, १४. जीउआली: घरपालुवा पशुपंक्षीको कर, १५. पाखो: ऊनका कपडा बुन्नेबाट उठाइने कर, १६. लेककी इजरी गाडकी बगडी: लेकको खोरिया र बगरको खेत उपभोग गरेवापत लाग्ने दस्तूर, १७. बाउलो: बुहारी भित्र्याउादा राजालाई चढाउने नजराना, १८. आकाशको ढिडो पातलकी निध: उड्ने पंक्षी र जमीनका जनावर शिकार गर्दा उठाउने कर, १९. राठ: चार राठ ब्राह्मणका, बाह्र राठ ठकुरीलाई बुझाउने दस्तुर, २०. कल्यानकर: गाडधन पाएमा तिर्नुपर्ने कर, २१. मल्लकर: भेडा वा राागो लगाएबापत तिर्ने कर, २२. उतलीकर: घोडा चढ्नेले तिर्ने कर, २३. जन्मकर: शिशु जन्मदा तिर्नुपर्ने कर, २४. कुडियो मौनी: खानीबाट धाउ निकालेर भाडा बनाएबापत तिर्ने कर, २५. धुलोकर: घट्ट कुटानी पिसानी कर (डोटीमा पिठोलाई धूलो भनिन्छ), २६. कटककर: युद्धको बेलामा उठाइने कर, २७. दूदपलाकर: गाईभैसी पाल्नेले तिर्नुपर्ने कर, २८. चरि: चरिचरन कर, २९. वृत्तिक: विर्ताको जमीन आवाद गरेबापतको कर, ३०. मढ्यौली: मूलि, ठालू वा माडौा (मन्दिर)का लागि लिइने कर, ३१. तिलीकर: तीलखेतीवापत लाग्ने कर, ३२. वेठ: ठालू वा राजाको खेतमा नि:शुल्क गोरु, हलि, बाउसे पठाउनुपर्ने दस्तूर, ३३. पेतोली: तोरी, सस्र्यु, ओखर, आलस, तीलको तेल निकाल्ने कोलमा लाग्ने कर, ३४. चोरीकर: कन्याकेटी चोरेर विहे गरेबापत लाग्ने कर, ३५. पानीसोत: पानीको स्रोत प्रयोग गर्नेबाट उठाउने कर, ३६. धुआनी: खानी झिकिने खजीजलाई पक्का धातु बनाउनेसम्बन्धी कर, ३७. अपुताली: निसन्तान व्यक्ति मर्दा निजको सम्पत्ति राज्यको मानिने अवस्था, ३८. सहिलवानि: सत्य भनी बोलेको कुरा पछि असत्य ठहर्दा तिर्नुपर्ने कर, ३९. कूत: जोताहाले जमीनदारलाई दिनुपर्ने कर, ४०. अन्नकर: अनाज कमाएबापत तिर्नुपर्ने कर, ४१. पानीकर: धारो, कुवा, पाधेरोको पानी प्रयोगमा लाग्ने कर, ४२. स्याउलोकर: वनको घाासमा लाग्ने कर, ४३. जग्गाकर: राजाको जमीन कमाएमा लाग्ने कर, ४४. जीउ: पशुपंक्षी पाल्नेमाथि लाग्ने कर, ४५. झाप्या–गुप्या: चरिचरन र वनको उपयोगमाथिको कर, ४६. कुडितो: घर बनाउने काठको कर, ४७. अषढुपानी: मदिरामाथिको कर, ४८. दहत्तर–बहत्तर : एक दिनका माछा राजा वा राजप्रतिनिधिलाई दिने व्यवस्था, ४९. दुवाउ: राजाको छोराको छैटीमा तिर्नुपर्ने कर, ५०. देखनी: राजाको दर्शनभेटमा दिनुपर्ने दस्तुर, ५१. दुवारा: राजकुमारको व्रतबन्धमा तिर्नुपर्ने कर, ५२. सुतो: कपडा बुन्नेबाट उठाउने कर, ५३. जगातो: नदीघाट, तुइन, फटके, पुल तर्दा लाग्ने कर, ५४. चौनी: दूध, घीउ, दही, मही माथिको कर, ५५. भाडनी: बगैचा, फलफूल र तरकारी खेतीमाथिको कर, ५६. कटककुण्ड: स्वयंसेवक भई युद्धमा भाग लिन जानुपर्ने दस्तुर आदि ।

यसका अतिरिक्त तत्कालीन डोटी राज्यमा हिलपानी–धुलस्याली, कटकसेवा, गुफ्या–कडत्या, कर–कुत, नाट–नटाली आदि करको व्यवस्था थियो । तत्कालीन बझाङ राज्यमा उल्लिखित करका अतिरिक्त नाठ–पैठ, रुऽी सरादको दूध, कात्तिकको पैतो सवैतो, जबको चिलो–परालको पुलो, ओलक, सिती (सिर्तो), तलारे–मथारे, काचो र वारोजस्ता कर प्रचलनमा थिए ।

बझाङमा गोदाम कर, सीकधान्नी, बेसौरी, चन्ऽयाना, चाकचाकुई, बाज पक्रेको, बेठबेगार, दुवाठेकी, पेचखानी, नूनकर, माहुरीकर, चौपायाकर, दण्डकुण्ड, मड–अपुताली, मुडली–पेतली, धुरीकर, अस्मानी, लिकातान–घौतान, खानीकर, सुनारकर, पोता, फागुकर, कोकालो, काइलीभेट, सुकिलीभेट, फरन्यागलो, बनरनालो, दूधकूत, कौसकोपालो, उकालाका माछा (वर्षाका माछामा लाग्ने कर), ओरालाका माछा (हिउँदका माछामा लाग्ने कर), चिउडी–पिठायो, दुया–राजंगा (शिकार), ढोलीकर (दमाईकर), भूलकर (सार्की कर) असुल गरिन्थ्यो ।
तत्कालीन जुम्ला राजा मलय वर्माको समयमा डण्डकुण्ड, मुड अपुताली, चेल्लीचवै, उल्जो, मैलो, दुवारो, साउन्य, विरोल्य–बदारो, श्राद्ध, दशै–तिहारको दस्तुर लिइन्थ्यो । मेदीनी वर्मा र वलिराजको विसं. १४६१ को ताम्रपत्रअनुसार सर्वकर अकर कर, कुत, जीउ, कुडियो, मौनी, मानु, मुठो, देषनी, दुवायो. पिठायो, दण्डकुंड, मोड अपुताली. मुडालि, पेटालि, चोरि, जारी गरी छत्तीस करको व्यवस्था थियो ।

डोटेली राजा कल्याण मल्लको पाला (विसं. १५०३ तिर) मा सेवा झारा डण्डकुण्ड मड अपुताली पेटाली चोरी–जारी, ज्यापेतो, पाखोकर, कुत, जिउ कुडिओ, बेठा बाउलो, पिठायो, पोतलो, आकाशको ढिडो पातालकि सामापाति गरी छत्तीस कर प्रचलनमा थियो । यसैगरी जगात, सर्गका ढिंडा–पाताल वलि, कातिकका नालि चामल जेठको धुलो (पिठो), ओलग दशपल्ल्या पाठो, कटक कु, शुनका फलरुपाका नल, काटो–जगटो, बाँझ बछेरा, सिस्टोइ, विस्टोइ, जाडि पियारो–कादको बाउसो, चेलीबुवारी, उषेडाको पाथो, छहडो–पहडो, औल माछा चर–लेख डाफ्या चर, केलाको कोसो ज्यामीरको गेडो, बाजथला, डाण्डीवाण्डी, भेडा उघाउनी, हुलाक–कान्ला, तारघाट–चारबाटा, पाठा उघाइनी, वैशाखे ओलग, ओइडो, पिठु षाउनी, गाड उघाइनि समेतका करहरू जुम्ला राज्यले लिने गथ्र्यो ।
(यो समाचार हामीले अनलाइन खबरबाट साभार गरेका हौं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here