इल्हावादमा तिजको तयारी भेला

0
175
इल्लाहवाद, १२ अगस्त । नारीको महान चाड हरितालिका तिजी कार्यक्रमको लागि इल्लाहवादमा महिलाहरुले तयारी भेला सम्पन्न पारेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति इल्हावाद अन्तर्गत महिला नगर विभागले सो तयारी भेला गरेको हो ।
        समाजका महासचिव खगेश्वर शर्मा र कोषाध्यक्ष रुकबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले आगामि १२ सितम्बरका दिन तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न पार्ने निर्णय गरेको छ । कार्यक्रमको अध्यक्षता लक्ष्मी प्रसाद ज्ञवालीले र सञ्चालन राजु अधिकारीले गर्नुभएको थियो ।
             खगेश्वर शर्मा, रुकबहादुर केसी, केन्द्रीय सदस्य कमल प्रसाद गैरे, क्षेत्रीय समितिका राम प्रसाद बस्याल, कोषाध्यक्ष खिमानन्द न्यौंपाने, महिला नगर विभागकी पंफा न्यौंपाने, रक्ति विभागकी संयोजक मिनु सिंह ठकुरीले भेलामा मन्तव्य दिनुभएको थियो ।
            त्यस्तै भेलामा सविता शर्मा, मायाँ परियार, किशन सिंह परियार, राम बहादुर थापा लगायतले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
              प्रमुख अतिथि खगेश्वर शर्माले भारत प्रवासमा छरिएर रहेका नेपाली महिलाहरुले एकता समाजको विकास र उन्नतीका लागि धेरै महत्वपूर्ण योगदान दिंदै आएको बताउनु भयो । त्यस्तै शर्माले महिलाहरुले तिजी कार्यक्रमलाई पश्चिमा छाडा संस्कृतिका विरुद्ध प्रगतिशिल रुपमा मनाउनु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here