आश त गरे, भर नपरे : खनाल

0
881

आगरा नगर समितिको ७ औं सम्मेलन सम्पन्न

आगरा, २६–२७ मई । “राष्ट्रियता को रक्षा गरौं, भारत स्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट मताधिकार र सांसदमा प्रतिनिधितित्वको आवाज सहित नगर सम्मेलन सफल गरौ ।” भन्ने मूल नारा सहित आगरा नगर समितिको ७ औं सम्मेलन सम्पन्न पारिएको छ ।

सम्मेलनको उद्घाटन समाजका केन्द्रीय सचिव ठाकुर खनालले गर्नुभएको थियो । खनालले सो अवसरमा मन्तव्य दिंदै नेपालमा लामो समय पछि स्थायी सरकार गठन भएता पनि सरकारले जारी गरेको नीति तथा कार्यक्रमले जनअपेक्षा पुरा नहुने बताउनु भयो । “यो सरकार पनि पुरानै सरकारको निरंतरता हो । यो सरकारको गतिविधि हेर्दा ‘आश त गरे भर नपरे’ भन्दा अतिश्योक्ती हुँदैन ।” खनालले भन्नु भयो “हिजो भारतीय हस्तक्षेपको बिरोधमा राष्ट्रवादी नेताको छवि बनाएका ओली अहिले अत्यन्तै तल झरेर पुनः राष्ट्रघातको बाटोमा हिडेका छन् ।”

ओलीले नाकावन्दीको समयमा देखाएको दुबै छिमेकीसँग समदुरीको सिद्धान्त छाडेर फेरि भारत सामु लम्पसार भएको समेत खनाले आरोप लगाउनु भयो । वामपन्थीहरुले सरकार चलाई रहेको परिवेशमा पनि राष्ट्रियता अन्यत कम्जोर भएको र समयमा सचेत नभए राष्ट्र नै विखण्डन हुने खतरा उत्पन्न भएको समेत खनालले बताउनु भयो ।

राम बहादुर केसीको अध्यक्षता र ध्रुव शाहको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा क्षेत्रीय सचिव वि शंकर, अखिल भारत नेपाली विद्यार्थी केन्द्रिय कोषाध्यक्ष अजय रेश्मी, महिला क्षेत्रीय बिभागबाट देवी शर्मा, समता क्षेत्रीय बिभागबाट लाखन परियारको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा सहभागिहरुलाई मिठ्ठु केसीले स्वागत गरेका थिए । विद्यार्थी केन्द्रीय कोषाध्यक्ष अजय रेश्मीले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।

सम्मेलनले मिठ्ठु केसीको अध्यक्षतामा १७ पूर्ण ५ बैकल्पिक र ७ सल्लाहकार गरि २९ सदस्यीय आगरा नगर समितिको चयन गरिएको छ । जसमाः उपाध्यक्ष– प्रताप सिंह पाण्डे, सचिव– लाखन परियार, सहसचिव– राजकमल दत्त र कोषाध्यक्ष– दिनानाथ थापा रहेका छन् । त्यस्तै सदस्यमाः राम बहादुर केसी, ध्रुव शाह, प्रकाश शर्मा, रमेश बिष्ट, पुरन परियार, मीन बहादुर, श्रीमती मिना जोसी, श्रीमती देवी शर्मा, काजीमान सिंह, राज सोनी, सतेन्द्र दशौती, उमराज, बैकल्पिक सदस्यमा रामु परियार, धन बहादुर विक, रवि केसी, हर्क बहादुर र भीम राज रहेका छन् । त्यस्तै सल्लाहकारमा पुरन चन्द सोनी, भुपेन्द्र गतराज, राजेन्द्र सिंह, राजेश सोनी, चेतमान पुन, करनल र कमललाई चयन गरिएको छ ।

प्रकाश शर्माको अध्यक्षता तथा ध्रुव शाहको सञ्चालनमा आगराको संजय पैलेश स्थित अवध वेन्कट हलमा सम्पन्न सम्मेलन घोषणा सभामा प्रमुख अतिथि केन्द्रीय सचिव ठाकुर खनाल, क्षेत्रीय सचिव बि शंकर, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष– अजय रेश्मी, विकल्प मंचका अजय कुमारको आतिथ्यता रहेको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेटको मौनधारण पछि सतेन्द्र दसौतीले स्वागत गर्नु भएको थियो ।

सम्मेलनमा स्थानीय कलाकार द्वारा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here