-नयाँ संविधानका आरक्षणसम्बन्धी व्यवस्थालाई पार्टीका सबै तहमा कसरी समेट्ने भन्ने टुङ्गोमा पुग्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरू गरेको विधान संशोधनमा ढिलाइ भएको त्यस पार्टीका नेताहरूले बताएका छन्।
-भागबन्डा नमिलेपछि गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा शुक्रबारदेखि सुरु अधिवेशन कांग्रेस र नेकपाको भागवण्डा नमिलेपछि शनिबार स्थगित भएको हो ।
-नुवाकोट र रसुवामा उत्पादित बिजुली केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले निर्माण भइरहेको २२० केभी प्रसारणलाइन अन्तर्गत तार जडान थालिएको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाले जनाएको छ।
-नेपाली मुद्राको तुलनामा केही महिनायता बलियो हुँदै गएको डलरको प्रभाव देशको सोधनान्तर अवस्थामा समेत देखा पर्न थालेको अधिकारीहरूले बताएका छन्।
-टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले पत्रकार जमाल खशोग्जीको हत्याका लागि पहिलो पटक प्रत्यक्ष रूपमा साउदी सरकारमाथि आरोप लगाएका छन्।
-पाकिस्तानका एकजना वकिलले आफ्नो जीवन खतरामा रहेको भन्दै देश छाडेको बताएका छन्।उनी विगतमा धर्मनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाइएकी एक इसाई महिलाका कानुन व्यवसायी थिए।
-भारतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ। ६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ।