आजका प्रमुख समाचारहरु

0
260

– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ‘८० प्रतिशत’ सुधार आएको चिकित्सकहरुले बताएका छन् । तर, आरामका लागि केही दिन अस्पतालमा नै राखिने डा. प्रकाश सायमीले बताएका छन् । ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने बताएका छन् ।

– नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देश कतार, ओमान र संयुक्त अरब एमिरेट्ससँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको छ।

– विभिन्न सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले स्वतः स्थायीको माग गर्दै सिंहदरबार परिसरमा मंगलबार विरोध प्रदर्शन गरेका छन् ।

– चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन्। उनलाई विशेष अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको छ ।

– मुलुकी अपराध (संहिता) ऐनले यौन दुर्व्यवहारको परिभाषा सङ्कुचित ढङ्गले गरेको भन्दै कानूनका जानकारले त्यसबाट पीडितलाई न्याय दिन कठिन हुने आशङ्का व्यक्त गरेका छन्।

– बिजुलीका खम्बामा टेलिफोन र केबलका पनि तार भएपछि त्यसले राजधानीको सौन्दर्य बिगारेको भन्ने गुनासोबीच नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार जमिनमुनि बिछ्याउने योजना अघि सारेको छ।

अन्तर्राष्ट्रिय समाचार:

– मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउँदैछ।

– चीनले बाघको हड्डी र गैँडाको खागको व्यापारमाथि लागु प्रतिबन्धलाई आंशिक रुपमा उल्ट्याउन गरेको निर्णयप्रति वन्यजन्तु संरक्षणवादीहरूले चिन्ता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here