आजका प्रमुख समाचारहरु

0
356

– शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

– भूकम्पले भत्किएको साढे तीन वर्ष बितिसक्दा पनि कुन शैलीमा बनाउने भन्ने विवादका कारण रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन।

– ५ महिनाभन्दा बढी समयदेखि रोकिएको मलेसियाको श्रम बजार नेपाली श्रमिकहरुका लागि खुल्ला हुने भएको छ । गएको जेठ ३ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी कात्तिक १२ गते सोमबार नेपाल र मलेसिया सरकारबीच एमओयु भएसँगै रोजगारीको बाटो खुल्ने निश्चित भएको हो ।

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत खासगरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट असुल्नुपर्ने सेवा शुल्क उठाउन अन्तर्राष्ट्रिय रूपमै पहल थाल्ने अधिकारीहरूले बताएका छन्।

– निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै राजधानीका एक हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचारहरु :

  • एक सय ८८ जना सवार लायन एयरको एउटा यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।
  • ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र-दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन्।
  • गत जुलाइमा तेहरान प्रहरी प्रमुखले दुई टन असर्फीसहित एक जनालाई पक्राउ गरिएको बताउँदा धेरै इरानीलाई ती व्यक्तिबारे लगभग जानकारी नै थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here