आचार्य र अर्याललाई विदाई

0
592

ओमान । आफ्नै रहर, सपनाहरु भूलेर देश, जनता र सिंगो वर्गीय आन्दोलनमा डटिरहने खटिरहने लामो समयदेखि ओमनको माटोलाई कर्मभूमी बनाउनु भएका ओमन नेपाली एकता समाज केन्द्रीय सल्लाहकार शालिकराम आचार्य र साँस्कृतिक आन्दोलनका रक्तिम कलाकार तथा रुवि एरिया समितिका कोषाध्यक्ष रुद्र आर्याल प्रदेशको बसाईलाई अन्त्य गर्दै स्वदेश फर्किनु भएको छ । ओमन नेपाली एकता समाज केन्द्रीय समिति र रुवि एरिया समितिको संयुक्त आयोजनामा सम्पन्न विदाई समारोह विच विदाई गरिएको छ । केन्द्रीय सदस्य बुद्ध बिकको अध्यक्षता र केन्द्रीय सदस्य दिपक रम्तेलको सञ्चालनमा सो विदाई समारोह सम्पन्न भएको थियो । २६ जनवरी २०१८ का दिन सम्पन्न बिदाई समारोह बीच वहाँहरुको स्वदेश पछिको कार्यकालको शुभकामना समेत प्रकट गरिएको थियो ।

कार्यक्रममा ओमन नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले आचार्य र अर्याललाई कदर–पत्र हस्तान्तरण गर्नुको साथै खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

त्यस्तै मायाको चिनो दिनेहरुमा रक्तिम परिवारको तर्फ देखि संयोजक दुर्गा गिरी, रुवि एरिया समितिको तर्फदेखि एरिया सचिव विष्णु शर्मा, केन्द्रीय कोषाध्यक्ष तुल्सीराम खनाल, अल्खुयर एरिया समितिको तर्फदेखि दुबैलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेले बोल्दै– जबसम्म पूँजीवादी व्यवस्थाको वर्जस्वलाई पूर्ण रुपले उन्मुलन पार्न सकिँदैन तबसम्म जस्तोसुकै विश्व ब्यापिकरणको युग आओस, जति– जुनसुकै पक्षमा दक्ष होस आफ्नो सीप, क्षमतालाई प्रयोग र प्रदर्शन गरेर स्वणियम शब्दमा सर्वहारा वर्गले आफ्नो नाम लेख्नै सक्दैन । सक्छ त केवल आफ्नो शरिरमा एक मुठ्ठी साहास रहुन्जेल आफू र आफ्नो परिवारको छाक टार्न र नाङ्गो शरीरलाई ढाक्न सहजताको खोजिमा भौतारिन ।

अझ नेपालजस्तो अर्ध औपनिविसिक खुला अर्थतन्त्र प्रस्तिप्रधात्मक र चरम भ्रष्टीकरणको भूमरीमा रहेका मुलुकका जनताहरु त प्वाँख काटेर छोडिएका पंक्षी सरह नै बनिरहेका छन् । यस्तै जीवन शैलीसँग खेल खेलिरहेका लाखौं नेपाली युवाहरुले ढपक्कै विमानस्थललाई ढाक्दै विश्वका कुना कुनामा एक चिम्टी प्राण र एक थोपा रगत बेच्न विवश छन् । विश्वभर सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको लागि वर्गीय आन्दोलनमा कहिल्यै नहल्लिने गरी लागिरहने प्रण गर्दै नेपाली सर्वहारा वर्गको अन्तर्रास्ट्रिय संगठन एकता समाजमा लामबद्द हुन्छन् ।

कहिल्यै बिचलित नदेखिने र ओमन नेपाली एकता समाजको निकै पुराना लोकप्रिय कार्यकतालाई बिदाई गर्दै गर्दा विभिन्न तीन कामको लागि ओमान नेपाली एकता समाजले सदा सम्झी रहने बताए ।

बिदाई कार्यक्रममा सहभागी रुवि एरिया, अल्खुयर एरिया, शिव एरिया विभिन्न विभाग तथा केन्द्रीय र नयाँ प्रवेशिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सबैको आँखामा बिदाईका आँसुहरु छचल्काई भावुकतामा बिदाईका स्वरका गीतले बिदाई गर्दै शुभयात्राको शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here