अामा

0
765
  • चक्र चनारा, धनगढी कैलाली 
जीवनका हरेक कदममा
मलाई साथ दिने मेरि अामा
अाफु नखाएर मेरो लागि
खाना पकाउने मेरि अामा
तिम्रो त्याग र वलिदानले
बनेको मेरो जीवन
अाज तिम्रो पाउमा समर्पण गरे
संघर्षका खोलाहरु तर्दै
जीवनका उतारचढावका पहाडहरु हिड्दै
मेरो लागि भबिष्य खोज्ने मेरि अामा
गरिबीका पीडा र दु:खहरु झेल्दै
समाजका तिखा बचनहरु सुन्दै
अाफुलाई विर्सेर मलाई चिनाउने मेरि अामा
साच्चिकै कति महान छिन
तिनको संघर्षमय जीवनको त कुरै छोडौ
समाजमा हेलित भई
पिडा र दु:खको भकारी भई
यातनाको सागर भई
बगिरहेकि मेरि अामा
चर्को घाममा मलाई छाया दिई अाफु जल्ने
मेरि अामा
बर्खामा चुहिने घरमा
अाफु छाना भई मलाई अाश्रय दिने
मेरि अामा
जहा संघर्षको यात्रा सुरु हुन्छ
जहा नयाँ संसारको सुरुवात हुन्छ
जहा नयाँ सभ्यताको वास हुन्छ
जहा यातना र पिडाको यसास हुन्छ
त्याग र बलिदानको भकारी हुन्छ
माया र ममताकोो  सागर बगिरहन्छ
त्यहाँ मेरि अामाको एक एक थोपा रगत हुन्छ
समाजका कुसंस्कृतिलाई पछार्दै
अाफ्नो सन्तानको लागि
नयाँ संसार रच्ने मेरि अामा
तिम्रो संघर्षको फल एक दिन अवश्य पाइनेछ
तिम्रा ति पिडा र दु:खका अावाज
एक दिन गुन्जने छन
एक दिन फुक्ने छन
तिमि जति नयाँ निर्दोष गर्छौ
त्यो संसार एक दिन पुर्ण र सभ्य हुन्छ
समाजमा समानता कायम हुन्छ ।
म त्यस दिनकै पर्खाइमा छु।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here