अलपत्र सरिताले श्रीमान भेटाइन्

0
378

हिसार, २१ मई । श्रीमानसँग बिछोडीएकी नेपाली चेली सरिता रायमाझी विकले उनको श्रीमान दिपेश विश्वकर्मासँग भेट भएकी छिन् । सो भेट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलकदमीमा भएको हो ।

उनीहरु आदमपुर देखि ऋषिकेसको यात्राको क्रममा हरियाणमाको अम्बालामा पुग्दा विछोडिएका थिए । अलपत्र परेको सरितालाई अम्बला जिआरपी पुलिसले मूल प्रवाह हिसार नगर समितिमा हस्तान्तरण गरेको थियो ।

तीन दिनसम्म सम्पुर्ण मूल प्रवाह हिसारका कार्यकर्ताहरूको सक्रियता साथ खोजबीन दिपेशको खोजविन भएको थियो । हिसार, आदमपुर, अम्बलामा खोजीगर्दा २१ मई २०१८ का दिन मूल प्रवाहले दिपशेलाई भट्टाई छाड्यो ।

वैतडी जेउडे नगरपालिका ८ निवासी राज विकका छोरा दिपेश विकसँग सरितालाई रेलवे पुलीसको रोहबरमा हस्तान्तरण गरिएको छ । मूल प्रवाहको उक्तकार्यलाई रेलवे पुलीसले प्रशंशा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here