अमेरिकी प्रविधि कम्पनीमा ट्रेड युनियनका लागि संघर्ष

0
20

-अपत्य शर्मा
मजदुर वर्गको हक अधिकारका लागि बलिदानीपूर्ण संघर्ष गर्ने अमेरिकी मजदुरवर्गले अझै पनि ट्रेड युनियन  खोल्नका लागि संघर्ष गर्दै छन् भन्दा आश्चर्य लाग्न सक्छ । जब कि अमेरिकीहरुका टेड्र युनियनको इतिहास अनुसार पहिलो सफल ट्रेडको हडताल १७९१ मा फिलाडेल्फियाक सिकर्मी (कारपेन्टर) हरुले १० घण्टाको कामको माग राखेर हडताल गरेका थिए । संयुक्त राज्य अमेरिकामा जे जस्ता टेड्र युनियनहरु बने ती सबै ब्रिटिस टेड्र युनियनहरुबाट अमेरिकी मजदुरहरुले सिकेको बताइन्छ । टेड्र युनियनको संगठन, गतिविधि, विचारहरु, राजनैतिक प्रभाव, १९ औं शताब्दीदेखि अहिलेसम्म परेको बताइन्छ । अमेरिकी टेड्रका इतिहासकारहरुले के दाबी गर्छन् भने अमेरिका जन्मदेखि टेड्र नै एउटाबाट अर्को रुपको रहँदै आएको छ । टेड्र युनियनको निर्माण गर्नुको तात्पर्य मजदुर वर्गमाथि हुने अन्याय, अत्याचारका विरुद्ध मजदुरहरुका रक्षा गर्न भएको थियो । तर पनि श्रम संगठनहरु अमेरिकी राजनैतिक, आर्थिक र सांस्कृतिक रचनासँग गाँसिएका छन् र त्यसको प्रभावले अमेरिकले रंगिन भूमिका खेलेको छ । अमेरिकी श्रम युनियनहरुको औचित्य तव समाप्त भयो जब उनीहरुका मागहरु पूरा भए । दक्ष र अदक्ष मजदुर युनियनहरु औद्योगिक क्रान्ति र गृहयुद्धका समयमा फैलिए । संयुक्त राज्य अमेरिकाको युनियनहरुले अमेरिकाको स्वतन्त्रतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिशतमा अमेरिकामा श्रम युनियनहरु ः
युनियनमा आबद्ध मजदुरहरुको प्रतिशतमा (कुल श्रम युनियन घनत्व) १०.७ प्रतिशत छ । जुन सन् १९८३ मा २० .१ प्रतिशत १९८३ मा थियो । निजी क्षेत्रमा युनियनका सदस्यहरुको संख्या घटेर ७ प्रतिशत मा पुग्यो जुन सन् १९३२ देखि खसेको थिएन । वैश्विक परिप्रेक्ष्यमा २०१६ मा अमेरिकामा टेड्र युनियन पाँचौं स्थानमा खस्यो अर्थात् ओइसिडिका ३६ सदस्य राष्ट्रहरुको भन्दा तल खस्यो । सन् १९३० को प्रारम्भमा युनियन डेमोक्रेटिक पार्टीको महत्वपूर्ण अंगहरु भए । केही इतिहासकारहरु के प्रश्न गर्छन् भने पश्चिमी यूरोपको तुलनामा अमेरिकामा लेवर पार्टी किन उत्पन्न भएन ? यसको सटिक जवाफ दिंदैनन् ।

संगठित श्रमिकहरुले उनीहरुका विरुद्धको संगठनहरुसँग संघर्ष गरे । संगठित मजदुरहरुले स्वस्थ काम गर्ने ठाउँका अधिकारहरु ज्याला, कामको घण्टा श्रमका कानुनहरु र अरु काम गर्ने विषयमा संघर्ष गरे । युनियन आन्दोलनले नयाँ मूल्य र मान्यताको स्थापना गर्यो । अर्को शब्दमा भन्दा मदजुरहरुका बीचको एकता अत्यन्त महत्वपूर्ण पक्ष भनेको एक अर्कालाई सम्मानपूर्वक सबैको स्वार्थलाई हेर्नु तथाकथित गन्यमान्यहरुलाई घृणा र अपहेलित गर्नु साथै प्रजातन्त्र र व्यक्तिगत अधिकारहरु अफिसको स्वागत गर्ने ठाउँमा नरोकियोस् भन्ने हो ।

अमेरिकाका प्रमुख दुवै पार्टीहरु मजदुर युनियनका भोट तान्न एक आपसमा प्रतिष्पर्धा गर्छन् । यो काममा डेमोक्रेट धेरै जसो सफल हुने गरेको छ । अमेरिकी राष्ट्रिय राजनीतिमा १९३० देखि १९६० को मध्यसम्म मजदुर युनियनहरु मुख्य तत्व बनेका थिए । लिवरल रिपब्लिकनहरुले उत्तरपूर्वमा युनियनहरुलाई समर्थन गरे र १९६४ पछि सत्ता गुमाए ।

लामो समयदेखि मजदुरका बारेमा रिपोर्टरको काम गर्ने इस्टेभेन ग्रीनहाउसले अमेरिकी मजदुरका ज्याला कटौती उनीहरुका भूत, वर्तमान र भविष्य भन्ने नयाँ पुस्तक लेखेका छन् । जसमा अमेरिकन युनियनहरु हालै शिक्षकहरु र अटो मजदुरहरुका हडतालका बारेमा चर्चा गरिएका छन् । युएडब्लु जनरल मोटर्सको हडतालको जरा दशकौं लामो अस्तित्वको संघर्षसँग गाँसिएको छ । अटो अमेरिकी मजदुरहरुको हडतालको तेस्रो दिन ५०,००० मजदुरहरुले जनरल मोटरले अर्बौं नाफा कमाएकाले उनीहरुलाई पनि हिस्सा चाहियो भने ।

ग्रीन हाउसले महिला मजदुरहरुले गार्मेन्टमा गरेका हडतालमा गुण्डाहरु लगाएर पिटिएको, खानी मजदुरहरुको ज्याला घटाइएको, मजदुरहरुको ज्याला पाँच वर्षमा १ प्रतिशत मात्र बढाउने कुनै आर्थिक संकट नभएको अवस्थामा पनि ज्याला घटाउने, लामो समयसम्म काममा लगाउने महिला र पुरुषका बीचमा महिलालाई थोरै ज्याला दिने, काम गर्ने स्थलहरु खराब हुनु आदि थिए ।

अमेरिकी मजदुरहरुमा पनि आफ्नो वर्गीय चेतनाको विकास तीब्र रुपले भइरहेको छ । अमेरिकी सर्वहारा वर्गको क्रुरतम रुपले शोषण गरेर सबै क्षेत्रका पुँजीपतिहरुले अकुत सम्पत्ति कमाउँदै आएका छन् । डिसेम्बर ७,२०१८ मा अमेरिकी एयरपोर्टका मजदुरहरुले ज्याला थोरै पाउने र ११ महिना अघि संचालनमा रहेको एयर लाइन्सले सन् २०१७ मा ३८ अरब अमेरिकी डलर नाफा कमायो यो मोटो नाफा कमाउनुका पछाडि मजदुर वर्गको रगत पसिना रहेको प्रष्ट छ । मार्च १, २०१६ मा अमेरिकी युनियनहरुले एउटा लेख छापे जसमा भनिएको छ । “संघर्षका सीमाहरु हुँदैनन” भन्दै आप्रवासी मजदुरहरुले युनियनका लागि संघर्ष गर्दै छन् भनेर उनीहरुले विभिन्न उपायहरु अपनाए । तर पुँजीपतिहरुले सबै मजदुरहरुका संघर्षहरुलाई निस्क्रिय बनाउँदै गए । थोरै ज्याला पाउने न्यूयोर्कका मजदुरहरुलाई कामबाट हटाए यसले गर्दा न्यूयोर्कका आप्रवासीलाई आक्रोसित पा¥यो । फोर्थ स्ट्रिटमा रहेको ब्रोड किचेन बाहिर उत्तेजित प्रदर्शन चारैतिर एक्कासी फैलिएपछि त्यसको विरोधमा दुवै स्टोरहरुलाई बन्द गरियो र सबै मजदुरहरुलाई कामबाट निकालियो । मजदुरहरुले त्यसको विरोध गरे । उनीहरुलाई चारैतिरबाट घेराबन्दी गरे जहाँ तीन सय आप्रवासी मजदुरहरु रउनीहरुका सक्रिय समर्थकहरुले सहरमा एउटा सूचना जारी गरे जसमा उनीहरुको लडाई काम गर्ने स्थानहरुमा अपमानित हुने होइन, सम्मान पाउनु हो यो त भर्खर प्रारम्भ मात्र हो ।

एक जना मजदुरले जो १४ घण्टाको सिफ्टबाट निस्केको थिए । उसले निर्माणमा लगाउने हेलमेट उनको घाँटीमा कसेर मुक्का हावामा ताने । मजदुरहरुलाई क्रान्ति गर्न आह्वान गरे । प्रदर्शनको क्रममा मजदुरहरुले के नारा लगाए भने मजदुरहरुको संघर्षका सीमाहरु हुँदैनन् । मजदुरहरुले कामबाट निकालिएका साथीहरुको संघर्षलाई एकमतले समर्थन जनाए ।
संयुक्त राज्य अमेरिकामा १० देखि १५ वर्षसम्म आप्रवासी मजदुरहरुले निरास भएर आफ्नो कामको ज्यालामा रहेको असमानता र असुरक्षाका विरुद्ध संघर्ष गर्दै आएका छन् । अमेरिकामा अमेरिकी नागरिक, आप्रवासी मजदुर र शरणार्थी मजदुरका ज्याला बीचमा ठूलो अन्तर गरिन्छ । अमेरिकी नागरिकता भएका मजदुरहरुलाई प्रतिघण्टा १५ डलर दिइन्छ भने आप्रवासीलाई १०८ शरणार्थीलाई ६–८ डलर दिइन्छ । यस ज्यालादरमा अझ केही बढी घटी पनि हुन्छ । आप्रवासी मजदुरहरुले अमेरिकामा मर्दै गएको मजदुर आन्दोलनलाई उर्जा दिएको छ ।

सन् २०१२ मा मजदुरहरुले हट आइण्ड क्रस्टी वर्कर एसोएिसन एचसिडब्लु नामको युनियन खोले पछि बेकरीका मालिकहरुले स्टोरहरु नै बन्द गर्ने भएपछि एसोसिएसनले ५५ दिनसम्म हडताल गरेपछि अन्त्यमा पुनः स्टोरहरु खोल्न सहमत भए । एचसिडब्लुएको विजयले अरु मजदुरहरुलाई संगठन गर्न प्रेरित ग¥यो । सयौं गोदामका आप्रवासी मजदुरहरुले वि आइण्ड एच फोटोसँग स्टिल मजदुरहरुले एकता गरेर संघर्ष गर्न गरेको प्रयास असफल भयो ।

ठूला पुँजीपति आफ्ना चिहान खन्ने मजदुरवर्गको संगठनदेखि नै ज्यादै आतंकित हुन्छन् । केही विकसित र विकासोन्मुख मुलुकहरुमा मजदुरहरुलाई टे«ड युनियन खोल्न दिइन्छ । तर कतिपय मुलुकहरुमा सरकारी संगठन जस्तै सरकार नियन्त्रित हुन्छन् अर्थात् सरकारको अनुमति बेगर कुनै पनि मजदुरका गतिविधि गर्नमा प्रतिबन्ध लगाइएको छ । सर्वहारा वर्गको सत्ताको सपना पनि देख्न नसकिने गरेर सर्वहारा वर्गलाई सुरा, सुन्दरीको नशामा लठ्ठ पारेर उपभोक्तावादी बनाएर पुँजीवादी यन्त्र मानवमा परिणत गर्दै छन् । जब मानवलाई उसको मस्तिष्कको विकास गर्ने, चिन्तनशील बन्ने, अन्याय, अत्याचार र दासताका विरुद्ध संघर्ष गर्ने मजदुर युनियन गठन गर्न नदिएपछि मजदुरलाई भ्रष्ट पारेर लाठसाहेव बनाएर पुँजीपति वर्गले आफ्नो वफादार दास बनाए तापनि ढिलो वा चाँडो मजदुर वर्ग सचेत भएर आफ्नो दासताका विरुद्ध संघर्षको मैदानमा उत्रिँदै छन् । यस सन्दर्भमा अमेरिकामा १९८० मा टे«ड युनियनको सदस्यता २३ प्रतिशत मात्र थियो । चालिस वर्षपछि अमेरिकी मजदुरहरुको टे«ड युनियनहरुको सदस्य हुनेको संख्या ११ प्रतिशतमा झरेको छ । यसै अवधिमा समाजमा धनीको सम्पत्तिमा बृद्धि भएको छ भने विपन्न झन् विपन्न हुँदै गएका छन् । यसरी अमेरिकी समाजमा धनी र गरिबको बीचको खाडल पनि चौडा हुँदै गएको छ ।

अमेरिकामा सबैभन्दा छिटो सबै भन्दा ठूलो परिमाणमा धनसम्पत्ति कमाउनेमा उच्च प्रविधि माध्यम भएका छन् । सबै भन्दा ठूला विश्वका ब्राण्डहरुमा अमेरिकी प्रविधि गुगल, एप्ल, माइक्रोसफ्ट आदि छन् । अमेरिकी प्रविधिमा काम गर्ने गुगलका कामदारहरुले आफ्नो युनियन बनाउने प्रयास गर्दा युनियन खोल्न नदिने फर्म आइआरआइलाई गुगलले निम्त्यायो । गुगलले युनियनविरोधी सल्लाहकारले प्रशासनलाई सल्लाह दिएपछि चारैतिर मजदुर असन्तोष फैलियो । यसले गर्दा कम्पनीभित्र मतभिन्नता बढ्दै गयो । आरआरआइले स्वास्थ लगायत विभिन्न क्षेत्रहरुमा मजदुरका युनियनहरु खोल्नबाट रोक्न सफल भए । गुगलले आफ्ना मजदुरहरुलाई राम्रो तलव बेला–बेलामा आर्थिक सहायता, निःशुल्क खाना, अफिस आवजावत गर्न यातायातको सुविधा दिएको छ । तर त्यहाँ श्रमिकलाई युनियन खोल्न किन चाहँदैन । जब कि कानुनी रुपले अमेरिकामा युनियन खोल्ने अधिकार छ । बेलाबेलामा गुगलका श्रमिकहरुमा असन्तोष उत्पन्न हुँदा त्यहाँ युनियन खोल्ने प्रयास भएमा युनियन खोल्न नदिने फर्म आइ आरआइलाई निम्त्याएर दबाउने गर्दै आएको छ । गुगलमा एक लाख भन्दा बढी श्रमिक छन् भने त्यति नै कन्ट्रयाक्टरहरु छन् । अक्टुबरमा श्रमिकहरुले युनियन खोल्नेबारे छलफल हुँदा ठूलो होहल्ला भयो । त्यहाँ श्रम, कानुन र श्रमिकका हकका बारेमा छलफल भयो । सेप्टेम्बरमा एउटा सानो कन्ट्रयाक्टरको समूहले जो गुगलका लागि काम गर्छन् । उनीहरुले युनियन खोल्न पाउनुपर्छ भने पक्षमा भोट हालेका थिए । युनियनका संगठनकर्ता मेरिडिथ ह्वाइटटेकर जसले १३ वर्षसम्म गुगलमा काम गरेका थिए कम्पनी छोडेका थिए । उनका अनुसार अमेरिकाका सबै ठूला कम्पनीका मालिकहरुले युनियन विरोधी फर्म आइआर आइले युनियनका पक्षधरहरुलाई निरुत्साहित गर्ने सानो ३० पेजको पुस्तिका प्रचार गर्छ । सो पुस्तिकामा मेनेजरहरुलाई माफियाको इतिहासले प्रभावित पारेर संगठनलाई भ्रष्ट पार्छ भनेर श्रमिकहरुलाई युनियनका विरुद्ध उभ्याउने प्रयास गराउँछ ।

उपरोक्त विवरणहरुले के प्रष्ट हुन्छ भने जति सुकै ठूला कम्पनी भए पनि श्रमिकका संगठनदेखि कति भयभित हुँदा रहेछन् भन्ने प्रष्ट हुन्छ । गुगलजस्ता कम्पनीहरुले जतिसुकै सुविधा सहुलियत दिए पनि पुँजीवादी दासताभित्र बाँच्न नचाहनु र त्यहाँ हुने शोषण, यौन उत्पीडनले गर्दा आन्दोलित हुन श्रमिकहरुले युनियन खोल्ने प्रयास गरेका हुन् । जति ठूला प्रविधिको विकास भएका छन् ती सबै कम्पनीका श्रमिकहरुको अहोरात्रको खटाइद्वारा भएको हो । जति जति नयाँ नयाँ प्रविधिहरुको विकास गर्दै प्रविधि कम्पनी अगाडि बढ्छ । त्यति त्यति कम्पनीले अकुत सम्पति कमाउँदै जान्छ । यसरी सम्पूर्ण अकुत सम्पत्तिको स्रोत नै श्रमिकका रगत पसिनाका उपज हुन भन्ने चेतना बढेकाले कम्पनीका शोषण र उत्पीडनका विरुद्ध लड्न युनियन बनाउने प्रयास भएको देखिन्छ । अवश्य पनि ढिलो वा चाँडो सर्वहारावादी सोंच र चिन्तनले लैस भएर गुगल मात्र नभएर अमेरिकाका अन्य सम्पूर्ण ठूला कम्पनीका मजदुरहरु एक भएर पुँजीवादी दासताको अन्त्य गर्ने संघर्षको मैदानमा उत्रिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here