अब चन्द्र सूर्य अंकित झण्डा उठाएर अघि बढौँ

0
66

गजल

-सुरेशकुमार पान्डे
अब चन्द्र सूर्य अंकित झण्डा उठाएर अघि बढौँ,
देशका एक एक शन्तानलाई जुटाएर अघि बढौँ।

देश जोगाउँने जिम्मा अब जनताको काँध मा छ,
साम्राज्यावादी शक्तिलाईपनि फुटाएर अघि बढौँ।

देश छ रता हामिछौँ यो देशका साखा शन्तानहरु,
मात्रृत्व भूमिका लागि प्राण नै लुटाएर अघि बढौँ।

आफ्नो देशभित्र बिदेशी चल खेल बड्दै जाँदा त,
देशका दुश्मन नव लैण्डुबलाई कुटाएर अघि बढौँ।

आउ हिमाल पहाड तराईका कोई होईनौ परायानै,
अखण्ड देशका लागि सँघियता छुटाएर अघि बढौँ।

हामि जुर्मुराए भाग्छ अंग्रेजहरु पनि देश बाट छिट्टै,
देश मा आई लाग्ने नियति लाई भुटाएर अघि बढौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here