अब एउटै प्रवाह

0
191

हेमबहादुर गन्धर्व, पाण्डीचेरी

हाम्रा मन्तव्यहरू
एउटै हुँदा-हुँदै पनि
हाम्रा गन्तव्यहरू
एउटै छँदा-छँदै पनि
विगतमा
कोही माहीम पूर्वको कोशी बनेर
अलग्गै बग्ने गरेका थियौं
केाही हामी
पश्चिमको सेती भएर
बेग्लै झर्ने गरेका थियौं
जहाँ
हाम्रा शत्रुहरू
एउटै हुँदाहुँदै
पनि हाम्रा स्वतन्त्रहरू
एउटै छँदाछँदै पनि
विगतमा
हाम्रा योद्धाहरू
अलग-अलग लडेका थिए
हाम्रा युद्धहरू
अलग-अलग चलेका थिए
यसरी
हाम्रा लक्ष्य
एउटै हुँदाहुँदै पनि
हाम्रो लडाई
एउटै छँदाछँदै पनि
विगतमा
हाम्रा लाडाई
एउटै हुँदाहुँदै पनि
विगतमा
हाम्रा नाराहरू
छुट्टाछुट्टै हुन पुगे
हाम्रा झण्डाहरू
फरक-फरक बन्न पुगे
तर अब
विगत भूलेर
हामी खुसी-खुसीमा
डुबिरहेका छौं
हामी हार्षैहर्षमा
कुदिरहेका छौं
किन की
कोशी र सेती
अब
अलग-अलग छैनन्
योद्धाहरू र युद्धहरू
अब
बेग्लाबेग्लै छैनन्
नाराहरू र झण्डाहरू
अब
फरक-फरक छैनन्
किनकी हामी
लाखौं ताराहरू मिलेर
हजारौं नदीहरू मिलेर
अब
एउटै प्रकाश भयौं हामी
अब
एउटै प्रवाह भयौं हामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here