“अन्धकार चिर्ने दियो” विमोचन भयो

0
339

चितवन । भारत प्रवासमा रहेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएका सुरेश कुमार पाण्डेद्वारा लेखिएको गजल संग्रह “अन्धकार चिर्ने दियो” विमोच भएको छ । पाण्डेले सो पुस्तक बिमोचन घटास्थापना दिवशका दिन हाम्रो मझेरी शाहित्य प्रतिस्ठान, भरतपुर चितवनको दुई दशाब्दि समारोको अबसरमा गरेका हुन् । सो अवसरमा पाण्डेलाई हाम्रो मझेरि साहित्य प्रतिष्ठानले श्रेष्ठ शाहित्यक प्रमाण पत्रले सम्मान गरेको छ ।

सो गजल संग्रहमा संस्थापक अध्यक्ष पुष्प अधिकारी अञ्जलीले भुमिका लेखेका छन् । केशवराज आमोदी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौड्याल, मूल प्रवाह अभानेएस केन्द्रीय सचिब ठाकुर खनाल, केशवराज पौडेल, मेघराज बट्टराई, प्रेम सापकोटा, मानबहादुर थापा, गणेश आचार्य, कल्पना पौडेल, धनवीर पुन लगायतले शुभकामना लेखेका छन् ।

लेखक पाण्डेलले आफ्नो गजल संग्रह ‘अन्धकार चिर्ने दियो’मा समावेस गर्नु भएका अधिकांश ‘मुअद्दस’ गजल रहेका छन् । लेखकले आफ्नो रचनाहरुमा अन्याय, अन्याचार, शोषण, दमनका विरुद्ध गजलको मिठास पूर्वक आक्रमण गर्नुभएको छ । यसरी मिठास पूर्वक जीवन र जगतका तमाम विषयहरूलाई समेत टिपेर जटिल र वैचारिक विषयको उठान गर्न पाण्डेले कोशिस गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here