अनेरास्वीयु (छैठौं) अर्घाखाँची सम्मेलनको तयारीमा

0
178

अर्घाखाँची । आसन्न असौजको पहिलो हप्ता जिल्ला र अन्तिम हप्ता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज बिजय मा.वि.र ज्ञान प्रकाश मा.वि.सन्धिखर्क डिभर्नामा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

भेलामा अखिल छैठौंका जिल्ला सहसचिव सन्देश खनाल र सदस्य आकाश भाटले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर, लागुऔषध दुव्र्यसनी, बलत्कार, हत्या तथा लैंगिक हिंसा बिरुद्ध सचेतनामुलक प्रशिक्षण दिंंदै सामाजिक बिकृति र कुलतका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्ने बताएका छन् ।

भेलाले मन्जु खनालको अध्यक्षतामा ४१ सदस्यीय अखिल छैठौं बिजय मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अनिल सेजवाल, सचिव बिष्णु खनाल, सहसचिव बिजय सेजवाल र कोषाध्यक्षमा सिता गैरे चयन भएका छन् । समिक्षा आचार्य सचिवालय सदस्यमा चयन भएका छन् ।

यस्तै भेलाले अनुप बस्यालको अध्यक्षतामा ३५ सदस्यिय अखिल छैठौं ज्ञान प्रकाश मा.वि.डिभर्ना सल्लीकोट मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: भरत नेपाली, सन्ध्या श्रेष्ठ, विकास बस्याल र सुरज जि.सी.चयन भएका छन् ।

अखिल छैठौंले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन तथा असौज २६, २७ र २८ गते झापाको बिर्तामोडमा २१ औं राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुटेको छैठौं अर्घाखाँचीका अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here