अनेरास्ववीयु छैठौं दाङको १३ असौजमा सम्मेलन हुने

0
309

भदौ २३, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं दाङले अगामी असोज १३ गते घोराहीमा ‘शैक्षिक निजीकरण, उदारीकरण र संघीयता विरुद्धको हाम्रो आन्दोलन, जनबादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि १५औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्मेलन गर्ने भएको छ ।

अगामी असोज २६ देखि २८ सम्म झापाको बिर्तामोडमा हुने राष्ट्रिय सम्मेलनको पुर्ब तयारीको रुपमा जिल्ला सम्मेलनका लागि २०७५ भदौ २३ गते घोराहीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष वसन्त आचार्यद्वारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मेलन सम्पन्न गर्नको लागि अध्यक्ष वसन्त आचार्यको नेतृत्वमा तीन सदस्यीय मुल ब्यबस्थापन समिति, सचिव धुर्ब बेल्बासेको नेतृत्वमा २१ सदस्यीय प्रचार प्रसार समिति, उपाध्यक्ष सरिता पुनको नेतृत्वमा तीन सदस्यीय सम्मेलन स्थल ब्यबस्थापन समिति, कोषाध्यक्ष सर्मिला चौधरीको नेतृत्वमा तीन सदस्यीय आर्थिक समिति बनेको छ ।

उक्त सम्मेलन सम्पन्न पार्नका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पुराउन सम्पुर्ण जिल्ला बासी बिद्यार्थी, शिक्षक, उद्योगी–व्यापारी मजदुर, किसान सबैमा अनुरोध गरिएको छ । जिल्ला अध्यक्ष बसन्त आचार्यको अध्यक्षता र युनियनका पुर्ब केन्द्रीय सचिब तथा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा बैंठक बसेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here