अनेरास्ववियु (छैठौं) बर्दियाको तेस्रो जिल्ला सम्मेलन

0
261

असौज २३, बर्दिया । अनेरास्ववियु (छैठौं) बर्दियाको तेस्रो जिल्ला सम्मेलन बैदीमा सम्पन्न भएको छ । सम्मेलनले श्रीराम नेपालीको अध्यक्षतामा ७ पुर्ण ३ वैकल्पिक गरि १० सदस्यिय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तारा चन्द, सचिव– बिष्णु अधिकारी, सहसचिव– दर्शन जिसी रहनु भएको छ । सदस्यमा सर्मिला जिसी, टिकाराम बिष्ट र वैकल्पिक सदस्यमा सरस्वती अधिकारी, सारदा बिक, करुणा विष्ट र ३ रिक्त राखिएको छ ।

श्रीराम नेपालीको अध्यक्षता तथा बिष्णु अधिकारीको सञ्चालनमा सम्पन्न भएको सो सम्मेलनमा युनियनका केन्द्रीय सदस्य लक्ष्मी बेल्वासेको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा राजमो केन्द्रीय संगठन बिभाग सदस्य तथा ५ नं प्रदेश उपाध्यक्ष बासुदेव पोख्रेल, रुपन्देहि जिल्ला सचिव विनोद पाण्डे, अखिल नेपाल उधोग व्यापार संघका केन्द्रीय सदस्य ज्ञानचन्द्र अर्याल, राष्ट्रिय जनमोर्चा बर्दिया जिल्ला सदस्य नुमलाल रेग्मी, अखिल नेपाल किसान संघका टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चा बाासगढी नगरका संयोजक तोयानाथ अधिकारी लगायतको अतिथिहरुले मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here