युएई । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्ऽ ढुंगानाले प्रवासी नेपालीहरुले आफ्नो अधिकार प्राप्ती, संघर्ष र दबाबका लागि सबै प्रवासमा रहेका नेपाली संघ संस्थाहरुले एउटै मोर्चा तथा छाता संगठन बनाउनु पर्ने बताएका छन् ।
बागलुङ सेवा समाज युएईले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले राजनीतिक पार्टीहरुले भोट माग्ने वेलामा “सिंहदरबारको अधिकार गाउामा” भनेता पनि गाउँमा अत्यन्तै अप्ठ्यारो रहेको बताए । उनले भने– “गाउँपालीकाको भवनहरु छैनन्, नगरपालीकाका भवनहरु छैन, कर्मचारी छैनन्, त्यहाँ बजेट छैन, बजेट कहाँबाट आयो र कसरी विनीयोजन गर्ने त्यो सबै अन्योल छ ।”
“प्रवासी नेपालीहरु स्वदेश फिर्ता– अवसर र चुनौती’ बिशायक अन्तक्र्रिया कार्यक्रमको प्रमुख आतिथ्यताका लागि युएई पुगेका ढुंगानाले चैते दशैं महोत्सव तथा बिशेष साँस्कृतिक कार्यक्रम २०१८ मा समेत सहभागिता जनाउने बताइएको छ ।
रोजगारीका लागि युएई पुगेका बागलुङवासी एवं सम्पूर्ण नेपालीहरुको अबस्था अनि बिभिन्न समस्या बारे जानकारीका लागि ढुंगाना युएई आइपुगेको बताईएको छ ।