अखिल नेपाल युवक संघको प्रदेश न. ३ , ६ र ७ को भेला सम्पन्न

0
758

नेकपा (मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको ०७४ माघ २६ र २७ गते बुटवलमा हुने राष्ट्रिय परिषद भेलाको मिती नजिकिदै गर्दा अखिल नेपाल युवक संघले प्रदेश र जिल्लाका  सम्मेलन तथा भेला लगातर भईरहेका छन।

यसै क्रममा आज प्रदेश न ३ ,६ र ७ भेला भएको  युवक संघका महासचिव अनिलकिशोर घिमिरेले वीगुल डट कम लाई वताउनुभएको छ ।

प्रदेश न ३ को  भेलाले भक्त बहादुर बिकको  अध्यक्षतामा ९ सदस्यिय प्रदेश संगठन समिति चयन गरेको छ । भेलाको प्रमुख अतिथी केन्द्रिय अध्यक्ष तिलक थापा , अतिथी केन्द्रिय महासचिव अनिलकिशोर घिमिरे र सचिव रमेश पौडेल लगायत हुनुहुन्थ्यो । उक्त कार्यक्रम सन्जाल शर्मा को अध्यक्ष्यता मा भएको हो ।

भेलाले माघ १६ गते काठमाण्डौ र चितवन , १७ गते भक्तपुर , २० गते मकवानपुर र सिन्धुपाल्चोक , २१ गते ललितपुर जिल्लाको भेला गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश न ६ को भेला केन्द्रिय उपाध्यक्ष जितामित्र सुनार को प्रमुख अतिथी मा सम्पन्न भएको छ ।

साथै प्रदेश न ७ को भेला  केन्द्रीय सदस्य तथा ७ नं. ईन्चार्ज प्रशान्त थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो  । भेलाले धनीराम आचार्यको अध्यक्षतामा ९ सदस्यिय प्रदेश संगठन समिति चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here