अखिल नेपाल बुद्धिजीवी संघ दाङको चौथो जिला भेला सम्पन्न

0
304

भानु जीएम
दाङ । अखिल नेपाल बुद्धिजीवी संघ दाङको चौथो भेला सम्पन्न भएको छ । दाङको घोराहीमा सम्पन्न भेलालाई प्रमुख अतिथि एवं अखिल नेपाल बुद्धिजीवी संघका पूर्व महासचिव शशिधर भण्डारी, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशव खनाल, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष भानु जीएम र अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रामबहादुर जीएमले शुभकामना मन्तव्य राखेका थिए ।

संघका जिल्ला अध्यक्ष चुनचुन के.सी.को अध्यक्षता र जिल्ला उपाध्यक्ष चेतबहादुर राहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सदस्य लालबहादुर भण्डारीले गरेका थिए ।

चौथो जिल्ला भेलाले चुनचुन के.सी.को अध्यक्षतामा १३ पूर्ण र २ बैकल्पिक गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा चेतबहादुर राहु, सचिवमा लालबहादुर भण्डारी, सहसचिवमा विप्लव अधिकारी र कोषाध्यक्षमा ठाकुर खनाल रहेका छन् ।

त्यसैगरी समितिको अन्य सदस्यहरुमा विश्वराज आचार्य, दिपक यादव, भीमप्रसाद वेल्वासे, नुमानन्द आचार्य, उत्तम भण्डारी, टोपाराम भट्टराई, यज्ञबहादुर वुढाथोकी र सुरज शर्मा रहेका छन् । त्यसैगरी वैकल्पिक सदस्यमा कल्पना खनाल रहेकी छिन भने १ स्थान रिक्त रहेको छ । भेलालले कृष्ण गिरी, श्यामलाल पोख्रेल, बेन्जु के.सी. र रामकृष्ण पौडेललाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here