अखिल (छैटौं) बाँकेको जिल्ला भेला सम्पन्नः अध्यक्षमा नमराज चन्द

0
92

बाँके/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाँकेको अध्यक्षमा नमराज चन्द चयन हुनुभएको छ । अखिल छैठौं बाँकेको सनिबार नेपालगंजमा सम्पन्न भेलाले चन्दलाई अध्यक्षमा चुनेको हो ।

भेलाले जिल्ला समितिको उपाध्यक्षमा, कालिबहादुर डाँगी, सचिवमा, राजु चौधरी, सहसचिवमा सुनिल चौधरी र कोषाध्यक्षमा विपिन धामीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा क्रमश: शान्ति विक, व्रीजेसकुमार गुडिया, युवराज उपाध्याय, अस्मिता श्रेष्ठ, कमला शाही, माया शाही, गमलाकुमारी बुढा,नारायण घर्ती क्षेत्री एवं वैकल्पिक सदस्यमा सपना परियार, ऋतु सिंह ठकुरी, मिना विक,अनामिका सुधारलाई चयन गरेको युनियनका महासचिव महेश जोशी जानकारी दिनुभयो ।

अखिल छैटौंका महासचिव महेश जोशीले मैन बत्ति बालेर भेलाको उद्घाटन गर्नु भएको थियो । भेलामा अखिल छैटौं केन्द्रीय सदस्य एवं प्रदेश ५ का सहसचिव पुरन पोख्रेल, केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज हरि बहादुर बुढा, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष निम प्रसाद देवकोटा, राजमो मुगुका अध्यक्ष जयबहादुर खड्का, अनेमसंघ जिल्ला अध्यक्ष पूर्णकला भण्डारी, अनेशिसंघ जिल्ला अध्यक्ष बुद्धि प्रसाद बञ्जाडे, जातिय समता समाज केन्द्रीय सदस्य मन बहादुर सुनार, राजमो पूर्व जिल्ला अध्यक्ष गौरिलाल कार्कि, अखिल छैटौं पूर्व अध्यक्ष केशवराज शाही, राजमो जिल्ला उपाध्यक्ष जगदिश ढकाल र अनेयुसंघ जिल्ला अध्यक्ष भरतकुमार खडकाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेला उद्घाटन हुनु अगाडि लिपुलेक लिम्पीयाधुरा हाम्रो हो, भारतीय सेना कालापानी छोड, संघीयता खारेज गर, जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here