मेरी आमा

0
262

सुदिप पौडेल

मेरी आमा
संसारमा सबैभन्दा ठूली
आफ्ना सारा दु:ख कष्ट विर्सेर,
प्रसव वेदना सहेर,
सुन्दर संसार देखाइदिने
मेरी आमा
मलाई ताते ताते गर्दै हिड्न,
अनि मसिनो तोते वोली वोल्न सिकाउने,
तिम्रो काखमा लुटपुटिदै मायामा
मलाई पनि रम्न सिकाउने,
मेरी आमा
अब तिम्रो सन्तान ठूलो भयो,
तर पनि तिमी सानै देख्छ्यौ,
बालख कालमा जति माया गर्थ्यौ,
त्यति नै माया अहिले नि गर्छ्यौ,
मलाई जति नै माया भाइ बहिनीलाई नि गर्छ्यौ,
मेरी आमा
तिमी माया र वात्सल्यकी खानी हौ,
असीम असीमित करूणाकी दानी हौ,
आफू सकिएर,मेटिएर,रित्तिएर पनि,
हरपल हरक्षण सन्ततीको लागि
दस नङ्ग्रा ख्याउछ्यौ,
पसिनाका धारा बगाउछ्यौ,
तिनैको चिन्ता र पिरमा छट्पट्याउछ्यौ,
मेरी आमा
सधैँ सत्य र न्यायको बाटो देखाउने,
सहयोगी र स्वावलम्वी बन्न सिकाउने,
अन्याय र अत्याचारको विरोध गर्न सिकाउने,
सधैँ सन्ततीको भलो चिताउने,
मेरी आमा
तिमी धन्य छौ।
मैले बिर्सेको छैन,तिमीप्रतिको
कर्तव्यको र दायित्व
तिमीप्रति ऋणी छु म,
तिम्रा लागि जे जतिसुकै गरेपनि,
त्यो मेरा लागि सधैँ अपूर्ण हुनेछ,
मेरी आमा
सन्तानले दिने सुख र आन्नद तिमीले
सधैँ सधैँ प्राप्त गर्नेछ्यौ,
हाँसो खुसी र उमङ्ग छाइरहनेछ मुहारमा
हरेच सन्ततीले सुख र आन्नद दिनेछन् तिमीलाई
मेरी आमा
तिमीले चिन्ता नलिनु,
मेरो सनूतान बिग्रियोकी भनेर
किनकी तिम्रो सन्तान हुँ
म कहिल्यै बिग्रनै सक्दिन,
मेरी आमा
ढुक्क हुनु
यो तिम्रो सन्तानले कहिल्यै
तिम्रो चित्त दुखाउने छैन
कहिल्यै तिम्रो आँखामा आँसु
आउन दिने छैन
मेरी आमा
तिमीले पछ्याएका पदचापहरूमा,
म अगाडि बढ्दै छु,
अन्नत जीवनको यात्रामा
मेरी आमा तिमी धन्य छौ।
आमाहरूमा मातातिर्थ औँसीको
शुभकामना! शुभकामना!! शुभकामना!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here