‘नेपालीः जगदम्बा नेपाली धर्मशाला’को रक्षा कसले गर्ने सरकार ? 

0
410
रामेश्वरम । ‘नेपालीः जगदम्बा नेपाली धर्मशाला’ नामले परिचित सो धर्मशालामा रामेश्वरम तिर्थयात्रा गर्न जाने नेपालीहरुले वास नपाएको समेत समाचारहरु प्राप्त भएका छन् ।
धर्मशालामा यतिवेला मोवाइल पसल, साईवर क्याफे, मेडिकल स्टोर, क्लिनिक समेतल खोलिएको छ । कुनै एकजना तिर्थयात्रीले फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गरेका छन् । मोवाइल पसलेस“ग उनले चर्चा गर्दै सोधेको जवाफमा “हामीलाई यो पसल यहा“को नेपाली पाण्डाले उपलब्ध गराएको हो, हामीले उसलाई मासिकरुपमा भाडा दिने गरेका छौ” भनेका छन् ।
धर्मशालाको छत र गरो यतिवेला रक्षात्मक अवस्थामा पुगेको सोही भिडियोमा देखिएको छ ।
इतिहास ः
वाराणसी हिन्दू तीर्थयात्रिहरुको प्रमुख शहर हो, जो कि नेपाली हिन्दुहरुको आकर्षण केन्द्र पनि मानिन्छ । नेपाली यात्रिहरु र तीर्थयात्रिहरुको लागि वाराणसीमा सस्तो र सुरक्षित वासको लागि रानी जगदम्बा धर्मशाला एक उत्तम स्थान मानिन्छ । जसको निर्माण स्वं जनरल मदन शमशेरकी पत्नी रानी जगदम्बाले गरेकी थिइन् ।
रामेश्वरममा जगदम्बा नेपाली धर्मशाला 
धर्मशाला (नेपालीः जगदम्बा नेपाली धर्मशाला) वाराणसीमा एक नेपाली धर्मशाला (धार्मिक अतिथि गृह) छ । यसको निर्माण १९५९ (२०१६ विस)मा स्वं जनरल मदन शमशेरकी पत्नी रानी जगदम्बाले नै आफ्नो एकल दानबाट गरेको बताइन्छ । जगदम्बा नेपाली धर्मशालामा न्यूनतम भाडामा तिर्थयात्रुहरुलाई रहन सक्ने प्रबन्ध समेत रहेको बताइन्छ । विकिपिडीयामा उल्लेख भएर अनुसार हाल सो धर्मशाला वाराणसीमा रहने नेपालीहरुद्वारा सञ्चालित ‘विधा धर्म प्रचारिणी नेपाली समिति’ बाट चलिरहेको बताइएको छ ।
रानी जगदम्बा कुमारी देवीले सन् १९५९ (२०१६ विस)मा रामेश्वरम, तमिलनाडुमा पनि एक नेपाली धर्मशालाको निर्माण गराएकी थिइन् । वर्तमानमा  धर्मशालाको निरिक्षणकर्र्ताले नै गैरकानुनी रुपमा कब्जा गरेको समेत बताइएको छ । हालका दिनहरुमा धर्मशालालाई उनै निरिक्षकका परिवार जनले निजी काममा उपयोग गरेका छन् ।
सामाजिक संघ संस्थाको पहलः
रामेश्वर मन्दिरको सो समस्याका बारेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रतिनिधि मण्डलले भारतको राजधानी नया“ दिल्लीस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत भरतकुमार रेग्मीलाई भेट गरि अवगत गराएको छ । पूर्व सांसद हरि आचार्यको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले रेग्मीलाई जगदम्बा नेपाली धर्मशालाको अवस्था र अज्ञात व्यक्तिहरुबाट भएको दूरुपयोगको बारेमा जानकारी दिएको छ । प्रतिनिधि मण्डलले धर्मशालाको रक्षा र नेपाल सरकारको स्वामित्व हुनु पर्ने समेत जोड दिएको थियो । कावा राजदूतले सो धर्म शालाको स्वामित्व खोजी गर्नु पर्ने र आफ्नो स्तरबाट पहल गर्ने आश्वासन दिइएको थियो । धर्मशालाको स्वामित्व लगायत अन्य कागजातहरु दूतावासलाई उपलब्ध गराउने प्रतिनिधि मण्डले जिम्मा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here