चंडीगढ़, २२ मई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चंडीगढको आयोजनामा नेकपाको ७० औं पार्टी स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता एंव अक्टुबर क्रांतिका महानायक का. लेनिन को १४९ औं जन्म दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।
विनु कुमार नेपालीको सञ्चालन तथा दामोदर उपाध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेटको मौनधारण पश्चात कलाकार तथा अर्जुन विकद्धारा स्वागत गरिएको थियो ।
समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एंव मध्य दक्षिण भारत क्षेत्रीय समितिका खिमबहादुर विक, मूल प्रवाह क्षेत्रीय सदस्य एंव महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय समितिका लक्ष्मण खनाल, जनजाति विभागका थमन थापा, रक्तिम विभागका सिमा खडका, महिला विभागबाट मञ्जु परियार, मूल प्रवाह नगर समितिका वेगम कुंवर, अखिल नेपाल शिक्षक संघ प्युठान कि कुसुमा देवी विक लगायतले मन्तव्य दिनुभएको थियो ।
नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीमा सर्वहारा वर्गका महान नेता का. लेनिनको १४९ औं दिवस तथा नेकपाको ७० औं स्थापन दिवश सम्पन्न भएको छ । सिता केसीको अध्यक्षता, विस्णु खनालको सञ्चालनमा अगाडी बढेको कार्यक्रममा कामरेड लेनिन तथा कम्युनिस्ट आन्दोलनका ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनेटको मौन धारण पछी बिन बहादुर कुवरले स्वगत मन्तव्य दिनु भयो ।
सभामा कामरेड लेनिनको फोटोमा माल्यापण एवं पुष्पान्जली पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय सहसचिव शिव केसी, क्षेत्रीय सांस्कृतिक विभागका पहल सिंह परियार तथा केन्द्रिय सचिव ठाकुर खनालले सभालाई सम्बोधन गर्नु भयो । कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदान औल्याउँदै नेपालको सन्दर्भमा जसरी लेनिनले रुसमा ब्लाकी, प्लेकानोभ, प्रुधो, लसालहरुको अराजक, अतीवादी एवं दक्षिणी भडकाव विरुद्ध विजय हासिल गरि क्रान्ति सम्पन्न गर्नु भयो । त्यसरी नै नेपालमा अराजकता, अतीवादी, दक्षिणपंथीहरु विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकमा जोड दिनु भयो ।
हिसार (हरियाणा) ।
अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच, हिसारको आयोजनामा नेकपाको ७० औं पार्टी स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता एंव रूसी अक्टुबर क्रांतिका महानायक का. लेनिनको १४९ औं लेनिन दिवश कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।
तारा सोमारेको सञ्चालन तथा वसन्त दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेटको मौनधारण पश्चात निरु सारुले स्वागत गर्नुभयको थियो । पार्टीको स्थापना दिवश र लेनिन दिवशको आवश्यकताको विषय लगाएतका समसामयिक विषयहरुमा मूल प्रवाहका केन्द्रिय सल्लाहकार देवी प्रसाद पौडयालले प्रशिक्षण क्लास दिनुभएको थियो ।
रोपड (पंजाब)
अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच, रोपडको आयोजनामा नेकपाको ७० औ पार्टी स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता एंव रुसको समाजवादी क्रांतिका महानायक का. लेनिनको १४९ औ जन्मदिवश कार्यक्रम सम्पन्न गरिएको छ ।
मनिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दयाराम लामिछानेले गर्नुभएको थियो भने विभिन्न अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण पश्चात मंजु थापाद्धारा स्वागत गरिएको थियो ।
पार्टीको स्थापना दिवश र लेनिन दिवशको महत्व बारे चर्चा गर्दै वोल्ने वक्ताहरुमा क्रमशः मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने, महिला क्षेत्रीय विभागकि अध्यक्ष सिता सापकोटा, जनजाति विभाग क्षेत्रका विलबहादुर गुरुङ, रक्तिम विभागका भिमबहादुर गुरुङ, महिला विभागकि लक्ष्मी गुरुङ र मूल प्रवाह न.स.का सोवाराम लामिछाने, प्रकाश सापकोटा, बाल संगठनकि प्रतिक्षा थापा लगायत हुनुहुन्थ्यो ।
त्यसैगरि दक्षिण भारतको बेंगलोरमा, निलगीरी, कोयम्बटोर, चेन्नई, हैदरवादमा पनि पार्टी स्थापना दिवस एवं लेनिन दिवस मनाइएको समाचार छ ।