“पुराना सस्कार र परम्परा एवं सम्सोधनबादी बिचारहरुका बिरुद्धमा चिनमा जसरी सर्वहारा सास्कृतिक आन्दोलन सन्चालन गरिएको थियो त्यही स्पिरिडलाइ आत्मसात् गर्दै हामिले २०४३ चैत्र २६ गते रक्तिम परिवारको स्थापना गरेका थियौ ” – जनगायक शर्मा
काठमाडौं ,चैत्र २६/ रक्तिम सास्कृतिक अभियानका सस्थापक जनगायक जीवन शर्मा लगायतका रक्तिम हस्तिहरुले रक्तिमका बारेमा गम्भीर समीक्षा गरेका छन । चैत्र २६ गते रक्तिम स्थापना भएको दिन हो । २०४३ चैत्र २६ गते जनगायक जीवन शर्मा लगायतका ९ जना सास्कृतिककर्मिहरुले काठमाडौंको घण्टाघरमा रक्तिम सास्कृतिक अभियानको स्थापना गरेका थिए । ३२ औ स्थापना दिवशका दिन २०७५ चैत्र २६ गते ” रातो लालटिन साहित्यिक पत्रीका “ले काठमाडौंमा आयोजना गरेको ” रक्तिमको समीक्षा तथा साङ्गितिक कार्यक्रम ” मा बोल्दै रक्तिमका हस्तिहरुले रक्तिम बारे गम्भीर समीक्षा गरेका हुन ।
कार्यक्रममा बोल्दै सस्थापक अध्यक्ष जनगायक जीवन शर्माले सर्वहारा सास्कृतिक आन्दोलनको स्पिरिडलाइ आत्मसाथ गर्दै रक्तिम परिवारको स्थापना गरिएको प्रस्ट पारे । “पुराना सस्कार र परम्परा एवं सम्सोधनबादी बिचारहरुका बिरुद्धमा चिनमा जसरी सर्वहारा सास्कृतिक आन्दोलन सन्चालन गरिएको थियो त्यही स्पिरिडलाइ आत्मसात् गर्दै हामिले २०४३ चैत्र २६ गते रक्तिम परिवारको स्थापना गरेका थियौ ” – जनगायक शर्माले भन्नू भयो – रक्तिम आफ्नो स्थापनाकालको उक्त मुल स्पिरिडमा सदा अडिक भैराख्नु पर्दछ ।” जनमुक्तिको महाअभियानमा अनेकनखालका काढेतारहरुको बार आइलाग्ने भएतापनी जनसास्कृतिककर्मिहरु बिचलित नभै अगाडि बढ्नु पर्ने उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै जनगायक शर्माले रक्तिम स्थापना कालको सस्मरण समेत सुनाउनु भएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी नेताहरू सागर कुंवर , दिवस पौडेल र युवराज आचार्यले पनि सम्बोधन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेतात्रयले रक्तिम सांस्कृतिक अभियानको क्रान्तिकारि इतिहासलाइ मेटाउन खोज्नेहरु अन्तत आफै मेटिएर जाने बिस्वास व्यक्त गर्दै श्रमजीवी जनताको मुक्ती अभियानमा डटिरहेका रक्तिम योद्धाहरुलाई निर्भिक भएर अघि बढ्न आवहान गरेका थिए ।
रक्तिम बारे समिक्षा गर्नुकासाथै रक्तिमका हस्तिहरुले क्रार्यक्रममा आफ्नो सास्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जनगायक जीवन शर्माले ” म निर्धाको गाथा बोकेर” लगायतका गित प्रस्तुत गर्नु भएको थियो । जनगायिका निलिमा पुनले ” आँसु झार्दै आखाबाट” बोलको गित सास्कृतिक योद्धा दलबहादुर बिकले ” पाखुरी यिनैहुन” बोलको गित लक्ष्मी रिजालले ” समय सङ्सम्झौता होइन संघर्ष गर संघर्ष ” बोलको गित प्रस्तुत गरेका थिए । कलाकार नारायण दङ्गालले आफुले जनगायक जीवन शर्मालाइ भेट्न जिवनमा गरेको संघर्षलाई वर्णन गर्दै तयार पारेको ” तिमिलाइ भेट्न पाहाड पुगे पुगे तराइ सम्म ,,” बोलको गित प्रस्तुत गर्नु भएको थियो । रक्तिमका हस्तीहरु डम्मर भण्डारी , र जनपृय कलाकार विमल पाण्डे, राजु गिरि , प्रतिभा शर्मा अनु आचार्य र केशब राना लगायतका कलाकारहरुले कार्यक्रममा बेजोड नृत्य समेत प्रस्तुत गरेका थिए ।
रक्तिमकी हस्ती एवं रातो लालटिन पत्रीकाकि ब्यवस्थापक निलिमा पुनको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सन्चालन प्रगतिशिल पत्रकार सङ्घ नेपालका अध्यक्ष एवं रक्तिम सास्कृतिक अभियानका एक अभियान्ता नारायण शर्माले गर्नु भएको थियो ।
saltalm a01e64a247 https://wakelet.com/wake/97Vplalpi75D5kl9YU5uU