दाङ । घोराही सिमेन्ट उद्योग प्रभावितहरुको सर्बदलिय सर्बपक्षीय भेलाले सर्वपक्षीय संघर्ष समिति गठन गरेको छ । दाङको घोराहीमा सम्पन्न भेलाले राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मोहन रिजाल सयोजक रहने गरि ७ सदस्यीय सर्बदलिय सर्वपक्षीय संघर्श समिती गठन गरेको हो । उक्त संघर्ष समितिमा स्थानीय रुपमा कृयाशिल सबै राजनीतिक दल र त्यहाँ पहिला देखि कृयासिल रहेको सरोकार समिति सदस्यहरु रहेका छ्न ।
उक्त कार्यक्रम मा ने क पा का कार्यदल सदस्य सिबकुमार आचार्य , सुबास पुन नेपाली काङ्ग्रेस जिल्ला सह सचिब खिमा अघिकारी, क्षेत्रीय सभापती गिरिराज सुबेदि राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य देशभक्त जनवादी मोर्चाका नरेन्द्र बन्जाडे राप्रपा का इश्वरी घिमिरे सामाजिक लोकतान्त्रिकका दिल बहादुर घर्ती सिमेन्ट उधोग प्रभावित क्षेत्र बाताबरण संरक्षण तथा सरोकार समितिका सयोजक भरत देबकोटा, सदस्य डा गोबिन्द आचार्य सुनपुर सामुदायिक बनका अध्यक्ष गोबर्धन थापा स्थानीय शिक्षक तारा आचार्य लागायतले मन्तव्य राख्नु भएको थियोे । गेदलाल रिजालको अध्यक्षतामा भएको कार्यक्रम को संचालन युबराज आचार्य ले गर्नु भएको थियोे ।