चैत्र ३, काठमाडौँ । प्रगतिशील लेखक सङ्घ काठमाडौँको चौथो जिल्ला सम्मेलन २०७५ चैत्र २ गते सम्पन्न भएको छ । उक्त सम्मेलनले हाँक साप्ताहिकका सहसम्पादक प्रकाश थापा मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले समितिको उपाध्यक्षहरुमा भैरवी ढुङ्गाना, भीम भारती, सचिवमा कौशिला रिसाल, सहसचिवमा महेन्द्र राई र कोषाध्यक्षमा देव कुमारी लुइँटेललाई चयन गरेको छ । एवं प्रकारले सम्मेलनले सदस्यहरुमा घनश्याम प्रसाई, इन्दु अंशु, ज्ञानु विद्रोही, सरिता खनाल, मुना खतिवडा, जीत अधिकारी, रबिना घिमिरे, डेभिड ढकाल, वासुदेव ज्ञवाली, बिनु केसी, सुवास जिसी, विद्यानाथ अधिकारी, ऋतु केसी, रोशन भारती, रचना मोक्तान, जितेन्द्र महर्जन, उमाकान्त शर्मा, मेघराज श्रेष्ठ र दिनेश वमलाई चयन गरेको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष मातृका पोख्रेलले गर्नु भएको थियो । बालमुकुन्द कार्कीको अध्यक्षता तथा भीम क्षेत्रीको सञ्चालनमा अगाडि बढेको उद्घाटन शत्रमा महासचिव आर.एम. डङ्गोल, पूर्व महासचिव प्रा.डा. जीवेन्द्र देव गिरी, केन्द्रीय कोषाध्यक्ष कृष्णहरि भट्ट, केन्द्रीय सदस्यहरु गोपिरमण उपाध्याय, समिर सिंह, अखिल नेपाल लेखक सङ्घका तेज विलास अधिकारी, साहित्यकार शोभा दुलाल लगायतले मन्तव्य राख्नु भएको थियो । केन्द्रीय सचिवालय सदस्य आर.सी. न्यौपाने, केन्द्रीय सदस्य नारायण शर्मा, प्रलेस भक्तपुरका अध्यक्ष डी.पी. ढकाल समेतको आतिथ्यता रहेको सो कार्यक्रममा मुक्तान थेवाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
दोस्रो सेसन बन्द शत्र आर.सी. न्यौपाने, साहित्यकारहरु गीता पनेरू र अच्युत घिमिरे सहितको अध्यक्ष मण्डलका साथ सुरु भएको थियो । कार्यक्रममा सचिव भीम क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश गुरागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदन र कार्यकारिणीको प्यानल हाउसले स्वीकार गरेपछि नवनिर्वाचित अध्यक्ष प्रकाश थापा मगरले समितिको तर्फबाट प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो भने विभिन्न अतिथिहरुले बधाइ दिनु भएको थियो ।