झविलाल खनाल, दाङ
इतिहासबाट के सिक्यौं, किन हतार हतास युवा ?
भो पुँजीवादी चरित्रको बिकास, किन लतारिएको ?
समाजमा छन् भाँड्भैलो मच्चाउने कति छन् छाडा ।
अनुशासनमा बस्न सकेनौं, किन लतारिएको ?
तिम्रो चर्तीकला देखेर दुनियाँ भो दङ्ग, छरे कतिले रङ्ग ।
कुरा राखेनौ सम्बन्धित ठाउँमा, किन लतारिएको ?
तिम्रो रङ्गमा नियत छैन, अनुशासन भङ्ग भो बिचार गर ।
मिडियाको गलत उपयोगमा, किन लतारिएको ?
जनवादी केन्द्रीयता समान लागू हुनुपर्छ सबैमा हेर ।
आयोग बनाउने तर्फ लाग, किन हतारिएको ?
मानव जातिमा मुक्तिको बिगुल फुक्नेहरु हो ।
यहि ब्याबस्था भित्र झुलेर हुँदैन, किन लतारिएको ?
सम्पूर्ण जनता र स्वयंको मुक्ति यहि मोर्चाबाट सम्भव छ ।
कार्यनीति र रणनीतिक योजना बनाउ, किन लतारिएको ?
काम गरेर देखाउ अब, चर्को गफ गरेर सुन्दैनन् कोही ।
भाषण सुन्दा जनता थाकिसके, किन लतरिएको ?
धुर्मुस, सुन्तली, रबि जस्ता थुप्रै युवाहरू जाग्दै छन् ।
सिक्ने र गर्नेहरुको कमि छ, किन लतारिएको ?
समाज सेवा मै लागेका राजनैतिक कर्मीहरु ।
सिंको नभाची हतारिएको अनि, किन लतारिएको ?
आउ खुला हृदय लिएर, युवा देश निर्माण गर्न ।
शोषण बिहिन समाज निर्माणकार्य गर्न, किन लतारिएको ??