मिडियाहरु उदाशिन :
पटियाला (पंजाब), ३ फरवरी । गुल्मी जिल्ला, मदाने गाउँपालिका १ अग्लुङ निवासी रामचन्द्र वस्नेतलाई १६ जनवरी २०१९ का दिन सामुहिक आत्महत्यासम्मको कदम चाल्न बाध्य पार्ने गरि चोरीको आरोप लगाउने मलकित कौर र उनका श्रीमान रहेको वस्नेत परिवारको आरोप छ । घटनाको करिब १७ दिनसम्म पनि प्रशासनले मलकित कौरको गिरफ्तारी गर्न सकन्नु कहिं न कहिं सन्देह रहेको आंकलन गरिएको छ । कौरको गिरफ्तारी र पिडितलाई न्यायको माग गर्दै पटियालामा नेपाली संघ संस्थाहरुको संयुक्त मोर्चा अर्थात बसन्ती बस्नतेललाई न्याय दिलाउनका लागि गठित कोअर्डिनेशन कमिटिले पत्रकार सम्मेलन गरेको छ । सो पत्रकार सम्मेलनमा भारतमा रहेका अधिकांश नेपाली संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो, तर थिएन पटियालाका मिडियाहरुको उपस्थिति । यसरी भन्नु पर्दा “आजतक” बाहेकका स्थानीय मिडियाहरु करिब करिब वेखबर नै रहे । एक्का दुक्का आएका मिडियाक्रमिहरु समेतले पत्रकार सम्मेलन हलसम्म पनि पुग्ने कोशिस नगरेको आयोजक कोअर्डिनेशन कमिटीका एकजना सदस्यले बताए ।
सञ्चार जगतमा सत्य तथ्या समाचारहरु सम्प्रेषण गरेर न्याय तथा अन्याको उजागार गर्नु मिडियाहरुको धर्म हो । तर त्यो धर्म निर्वाह गर्नुपर्नेमा पीडक पक्षलाईनै संरक्षण गर्ने प्रकारको कार्य भएको भन्दै समग्र कोअर्डीनेशन कमिटीले रोश प्रकट गरेको छ ।
पत्रकार सम्मेलन :
कृष्ण प्रसाद भट्टराइको अध्यक्षता र प्रेम आचार्यको सञ्चालनमा अगाडि बढेको पत्रकार सम्मेलनमा प्रेम सापकोटा (मूल प्रवाह एकता समाज), दिनेश खडका (मूल प्रवाह एकता समाज), रवि कुमार पौड्याल (एकता मञ्च), जे.वि. रसाली (एकता मञ्च), डोलबहादुर कँुवर (प्रवासी संघ), मनु सापकोटा (प्रवासी संघ), खुम प्रसाद काफ्ले (नेजस), हेमराज पौड्याल (नेजस), प्रकाश ज्ञावली (पशुपति समाज), चिन्तामणी घिमीरे (पशुपति समाज), मेघनाथ वेल्वासे, लक्ष्मण नेपाली (समाजसेवी), खिमराज चालिसे (पत्रकार नेपाली समाचार), चन्दबहादुर कार्की (ट्रेड यूनियन), ठाकुर भुसाल (एकता मञ्च), तिलक पौड्याल (मूल प्रवाह एकता समाज), वालकृष्ण भुसाल शर्मा (शिवसेना नेपाल) र पवन कुमार गुप्ता ( शिवसेना हिन्दुस्तान राष्ट्रीय अध्यक्ष लगायतले अतिथि आशन ग्रहण गर्नुभएको थियो ।
प्रेम सापकोटाले पत्रकार सम्मेलनको आवश्यकता बारे विषय प्रवेश गर्नुभएको थियो । शिवलाल लामिछानेले प्रेस रिपोर्ट प्रस्तुत गरेसँगै कार्यक्रम अगाडि बढेको थियो । पिडित वसन्ती वस्नेतले आफुमाथी घटेको कारुणिक तथा भावविभोर घटनाबारे मञ्चबाट वताउनु भएको थियो । अतिथि वक्ताहरुले आफु र आफ्नो संगठन पिडित परिवारलाई न्याय दिलाउन प्रतिवद्ध रहेको जनाए ।
आगामी कार्यक्रमः
सभा विसर्जन पछि वसन्ती वस्नेत उद्धार को–आडिनेशन समितिको दोश्रो वैठकले ५ फरवरीको एस.एस.पी कार्यालयमा डेलिगेशन जाने टिमको गठन गरेको छ । एस.एस.पी. कार्यालयबाट फर्केपछि अगाडिको शशक्त कार्यक्रम बनाएर लाग्ने निर्णय गरिएको एकजना सदस्यले बताए । वैठकले दुई जना सदस्यहरु वालकृष्ण भुसाल शर्मा (शिवसेना नेपाल) र प्रेम आचार्य (मूल प्रवाह एकता समाज) लाई को–अर्डिनेशन कमिटीमा थप गरेको जानकारी समितिका सचिव प्रेम सापकोटाले दिनु भयो ।
यसरी सो कमिटीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, श्री पशुपति नाथ नेपाली सेवा समिति, ट्रेड यूनियन र शिवसेना नेपाल लगायतका ७ संगठनहरु समिटिएका छन् ।
आर्थिक सहयोगः
कोअर्डिनेशन कमिटीबाट पिडितालाई आर्थिक सहयोगको पहल समेत गरिएको छ । जस अनुसार ३ फरवरीको सम्पन्न पत्रकार सम्मेलनमा शिवसेना हिन्दुस्तानले रु. २१०००/– र पशुपति नेपाली सेवा समिति पटियालाले रु. २१०००/– नगद सहयोग गर्ने घोषणा गरेको । अन्य संघ संस्थाहरुले आ–आफना समितिका बैठक वसेर सहयोगको रकम घोषणा गर्ने जानकारी दिए ।
घटनाः
रोजीरोटीको खोजीमा प्रवासिन वाध्य नेपालीहरुलाई विभिन्न ठाउँमा अमानवीय व्यवहार, झुटा अभियोग र शारिरीक तथा मानसिक उत्पीड़नका कैंयन घटनाहरु प्रत्यक्ष देख्ने, भोग्ने र सुन्ने गरेका आमरुपमा थाहै भएको कुरा हो । यस्तै घटनाहरु मध्ये एक घटना हो रामचन्द्र वस्नेत माथी लगाइएको ४ लाख चोरीको अभियोग । चार लाख बराबरको गरगहना चोरीको झुटो अभियोग र पुलीस प्रशासन तथा मालीकबाट गरिएको प्रताड़नालाई सहन नसकि उनले सामुहिक आत्महत्याको प्रयास गरेको वस्नेत परिवारले जनाएको छ । सो घटनामा आफु र १० वर्षिय वालक युवराजले ज्यानै गमाउन पुगेका छन् । सो घटना पछि नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुले एकजुटता देखाउँदै बाच्न सफल वसन्ती वस्नेत र ७ वर्षिय छोरी सुष्मितालाई न्याय दिलाउन संघर्षका कार्यक्रम गरिरहेका छन् । सो पत्रकार सम्मेलन पनि सोही संघर्षको कार्यक्रम अन्तर्गत सम्पन्न पारिएको हो ।
खिमराज चालिसे, चण्डगढ