कतारमा मगरहरुले मीनबहादुर घर्ती मगरलाई राजा (बाङ्ग) चयन गरे

0
155

रेशम रोका मगर

दोहा, कतार । नेपाल मगर संघ, शाखा कतारले मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघ्या सकाराटी अवसर पारेर आयोजना गरेको “माघ्या सकराटी–२०१९ बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम–२०७५“ कार्यक्रममा मगरहरुको दौडेर बाङ्ग(राजा) चुन्ने परम्परालाई निरन्तरता दिदै आयोजना गरेको दौड प्रतियोगितामा नेपाल मगर संघ, शाखा कतार सहानिया एरिया समितिका सदस्य श्री मीन बहादुर घर्ती मगर २०१९÷२० का लागि मगरहरुका बाङ्ग (राजा) चुनिएएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

२०१९ जनवरी २५का दिन नेपाल मगर संघ, शाखा कतारले यस संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा वक्राको फेमिली पार्कमा कलाकारहरुलाई सम्मानका साथै आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा विशिस्ट अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा बर्तमन सल्लाहकार सदस्य भिम तरामु मगर थिए ।

अतिथिहरुमा सल्लाहकारहरु जनक थापा मगर, डि.एन मगर, खिम बहादुर राना मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष शुक्र बहादुर पुलामी मगर, दोहा एरिया समितिका अध्यक्ष तिल बिक्रम मगर, सनैया “ए“ एरिया समितिका अध्यक्ष रेशम आले मगर, साहानिया एरिया समितिका अध्यक्ष भक्त ढेगा मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामी मगर र नेपाली कला केन्द्रका प्रतिनिधि डि.बि भट्टराई, समाजसेवी बुद्धिजीवीहरु केश गुर्मछान मगर, बिजय बस्नेत, देब लम्साल, बेदप्रसाद बजगाइ थिए ।

कलाकार सम्मान साथै आन्तरिक बनभोज कार्यक्रममा उपस्थितलाई स्वागत मन्तव्य संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले गरेका थिए । कार्यक्रम सञ्चालन संघका महासचिव बिजय मगरले गरेका थिए । कार्यक्रमका संघका अध्यक्ष शेर बहादुर रोका मगर र पुर्व बाङ्गहरु केशव राना मगर, रेशम आले मगरले माघ्या सकराटी– २०१९ कार्यक्रममा मगरहरुको ऐतिहासिक परम्परा दौडेर बाङ्ग (राजा) चुन्ने परम्परालाई निरन्तरता दिंदै राखेको दौड प्रतियोगितामा प्रथम भएर बाङ्ग चुनिएका मीन बहादुर घर्ती मगरलाई पगरी लगाइदिएर साथै प्रमाणपत्र प्रदान गरि २०१९÷२० का लागि कतारमा रहनु भएका मगरहरुको बाङ्ग (राजा) घोषणा गरिएको थियो ।

कार्यक्रमका सभापति शेर बहादुर रोका मगर र प्रमुख अतिथि महेन्द्र थापा मगरले मगर संघ कतारले मगरहरुको राष्ट्रिय साँस्कृतिक चाड माघ्या सकराटीको अवसर पारेर आयोजना गरेको “माघ्या सकराटी २०१९ बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम २०७५ लाई सफल बनाउन रातदिन खटिनुभएका कलाकारहरु, सहयोगीहरु, स्वयंसेवकहरु, यातायातका साथीहरु सम्पुर्णलाई प्रसंशा पत्र बितरण गरेका थिए ।

साथै कार्यक्रमका प्रमुख अतिथी, मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले माघ्या सकराटी सब्य र भब्य रुपले सफल बनाउन सहयोग गर्ने सम्पुर्ण कलाकार, सहयोगी, स्वयंसेवक र उपसमितिलाई धन्यवाद दिदै यसरी सबै मिलेर मगर संघ कतारको हरेक कार्यक्रमहरु सफल बनाउन हुन सम्पुर्णलाई अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here