भलिवल खेल्कुद कार्यक्रम सम्पन्न

0
289

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा अन्तर एरिया भलिबल खेल प्रतियोगिता सेकेन्दराबादको सिख विलेजमा सम्पन्न भएको छ । रामप्रसाद पौडेलको अध्यक्षता, रामकुमार क्षेत्रीको सञ्चालन र झलक पुनको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

उक्त खेलको उ्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचर्यले गर्नु भएको थियो । उक्त प्रतियोगितामा कुल ८ वटा टिमहरुले भाग लिएका थिए । जसमाः शापुनगर, जुब्लिहिल्स ए, जुब्लिहिल्स बि, सेकेन्दराबाद बोइन्पल्ली, सेकेन्दराबाद सिन्दी कलोनी, सेकेन्दराबाद ए, सेकेन्दराबाद बि र कुसाइगुडाले भाग लिएका थिए ।

उक्त खेलमा कडा प्रतिस्पर्धाका बाबजुद सेकेन्दराबाद ए प्रथम र जुब्लिहिल्स एले दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । बिजयी टिमका खेलाडीहरु प्रथमलाई केन्द्रीय सदस्य रामप्रसाद आचार्यले र दोस्रो टिमका खेलाडीहरुलाई क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here