ठीक होईन

0
276
  • केशव गाहा पाल्पाली

बारम्बार यस्तो बिचलन ठीक होईन
बिचारमा कसैको बन्धन ठीक होईन

निस्छल निस्वार्थ पारदर्शि हुनु पर्छ मन
न यता न उताको उलझन ठीक होईन

बोल्न देऊ स्वतंत्र बिचार राख्न देऊ
कसैको अधिकार हनन ठीक होईन

गन्तव्य बिहिन यात्रामा भौतरिदै
कुनै गलत मार्गको चयन ठीक होईन

गरीबको छाती भित्र क्रांतीको ज्वाला हुन्छ
निर्धा माथि शोषण दमन ठीक होईन

जनता लुटेर देश बिदेशमा घुमेर
देशको सारा ढूकूटी गबन ठीक होईन

हिंड्नेलाई हिँड़न देऊ गन्तब्यमा पुग्न देऊ
कसैको निम्ति बाधा अडचन ठीक होईन

उच्च बिचारमा सधै अडिक बन्नु पर्छ
अनर्थ बैचारिक पतन ठीक होईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here