बसन्ती बस्नेतको पक्षमा न्यायीक संघर्षका लागि भारतमा जुटे नेपाली संघ संस्थाहरु

0
985

खिमराज चालीसे

पटीयाला । चोरीको आरोपबाट ह्रासमेन्ट भई पञ्जावको पटियालामा एक नेपाली परिवारले संयुक्त आत्महत्याको कोशिस गरेका छन् । त्यसरी गरिएको आत्महत्याबाट बाबुछोराले ज्यान गुमाएका छन् भने, आमा छोरीको ज्यान गोताखोरहरुले बचाएका छन् । बाँचेका ति आमा छोरीले यतिवेला न्यायका लागि हारगुहार गर्दै हिंडेका छन् । यसै बीच भारतस्थित नेपाली संघ संस्थाहरु उनीहरुको न्यायिक संघर्षका लागि जुटेका छन् । सो घटना गम्भीर साजीस बताउँदै शिवसेना र अकाली दल पहिलेखि नै संघर्षमा छ । गुल्मी मदाने निवासी बस्नेत परिवारमा परेको यो दुःखद घटनाका प्रशासनले भने दोषीको चोटी समाउन अझै असफल भएको बताइएको छ । आत्महत्याका लागि बाध्य पार्ने एक आरोपी गिरफ्तार भएता पनि अरु दोषीहरु अझ पनि खुल्ला यति पैसा दिन्छौं, उती पैसा दिन्छौं भन्दौ अफर गर्दै हिंडेको पिडीत बसन्तीले बताइन् ।

प्राप्त जानकारी अनुसार गुल्मी जिल्ला मदाने गाउँपालिका ३ अग्लुङ, निवासी दुर्गा बहादुर वस्नेतका छोरा रामप्रसाद वस्नेत वर्ष ३५ परिवार सहित पंजाबको पटियाला माडलटाउन स्थित घर नम्वर २८ विज्ञ निवासी तथा श्रीमती वसन्ती वस्नेतले काम गर्ने गरी वसोवास गरिरहेका थिए । उनीहरुलाई ८ जनवरी २०१९ का दिन घर मालिक भगवान सिंह तथा मालिकनी मलकीत कौरले ४ लाख मुल्य बराबरको गहना चोरीको अभियोग लगाएर थापर युनिवर्सिटीको मेसमा काम गर्ने रामचन्द्र वस्नेतलाई समेत ९ वजे विहाँनै ड्यूटीबाट बोलाएर धम्काएका थिए ।

सो आरोप पछि कोठी मालीकले १५ जनवरीका दिन माडलटाउन थाना पटियालाबाट पुलिस वोलाएर रामचन्द्रलाई थप्पड़ मार्ने र धम्काउने समेत गरी रामचन्द्र रुममा सबै सामान चेक जाँच गरेको पिडित बसन्तीले बताइन् । आफ्नो रुपमा कुनै गरगहना नभेटाए पछि पुलिसले साझ ४ः३० देखि ६ः३० वजेसम्म थानामै लगेर धम्काएको बसन्तीले बताइन् । बसन्तीका अनुसार केहि प्रमाण हात नलागे पछि पहिल्लै काम गरेको एक कोठी मालीक सोनु चौहानको रोहवरमा पुलिसले उनीहरु दुवैजनालाई घर पठाइदिएको थियो ।

“घरमा पुगेपछि पुलिस र मालिक, मालकिनबाट प्रताडि़त भइ आफु निर्दोष भएर पनि यसरी ह्रासमेन्ट भएका रामचन्द्र यति धेरै हतोत्साहित भएकी उनी त्यो रातभर सुतेनन्” बसन्तीले रुँदै भनिन्– “भोलीपल्ट १६ जनवरीका विहाँनै उनी पूर्व मालिक सोनु चौहानको घरमा ८ः ३० बजे पुगेका, सामान्य सरसल्हा, सुझाव लिई नास्ता समेत गरि चौहानको घरदेखि करिब ५०० मिटर टाढा रहेको पटियाला नहरहुँदै घर फर्कदै गर्दा करिव ११ः३० विहाँनको समय उनी नहरको पुलको सामने पहिला छोरी र श्रीमतीलाइ धक्का दिएका र पछि आफु र आप्mनो काखमा राखेको छोरा सहित नहरमा हामफालेको लगत्तै गोताखोरहरुले छोरी सुश्मिता र श्रीमती वसन्ती वस्नेतको उद्धार गरेता पनि ७ वर्षिय छोरा युवराज केही वेरमै डुवेको र उसको शव केही वेरमा बाहिर निस्केको थियो । तर रामचन्द्रको शव भने अझै भेटिएको छैन । खोजी तथा उद्धार कार्यमा लगातार खटिरहेको मृतकका दाजु रामबहादुर वस्नेत, श्रीमती वसन्ती वस्नेत तथा सहयोगी लक्ष्मण नेपालीले बताए ।

सो घटना घटिसकेपछी रामचन्द्रको घरमा विचल्लीको अवस्था रहेको विभिन्न संचार माध्यमहरुबाट थाहालागे पछि २४ जनवरीका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ, जनसम्पर्क समिति, पशुपतिनाथ सेवा समाज लगायतका संघ संस्थाका नेता कार्यकर्ताहरुको सहभागितामा मृतकका आफन्तहरु समेतसँग भेटी रामचन्द्र वस्नेतको परिवार उद्धार (ओडिनेशन कमिटी गठन गरिएको छ । जसमाः अध्यक्ष– कृष्ण प्रसाद भट्टराई, (प्रवासी संघ), सचिवमा प्रेम आचार्य (मूल प्रवाह एकता समाज), कोषाध्यक्षमा रवी कुमार पौड्याल (एकता मंच), सदस्यहरुमाः दिनेश खड्का (मूल प्रवाह एकता समाज), शयाम प्रसाद लामिछाने (ने.ज.स.), हेमराज पौडेल (ने.ज.स.), मिना पोखरेल (प्रवासी संघ), कैलाश विक (एकता मञ्च), चिन्तामणी घिमिरे (पशुपती समाज), प्रकाश ज्ञावली (पशुपति समाज), खिमराज चलीसे (संचारकर्मी), चन्द्रबहादुर कार्की (ट्रेड युनियन) र लक्ष्मण नेपाली (समाजसेवी) रहनुभएको छ ।

घटनाको एकहप्ता पछी मालिक भगवान सिहं इटिओ रिटायर्डलाई गिरप्तार गरि सेन्ट्रल जेल चलान गरिसकेको भए पनि उनको श्रीमति मलकीत कौरलाई अहिलेसम्म गिरफ्तार नगरेको थाहा लागे पछिको (ओडिनेशन समिति निर्माण पछि सो समितिले थानाध्यक्ष (एस.एच.ओ)सँग भेटी एफ.आइ.आर. लिने र मालिकनी श्रीमती मलकीत कौरलाइ छिट्टै गिरफ्तारी को लागी दवाव सृजना गरेको छ । वार्ता टोलीसँग एस.एच.ओ.ले सकारात्मक जवाब दिएको वार्ता टोलीमा संलग्न मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले बताउनु भयो ।

सोधपुछमा प्राप्त जानकारी अनुसार (१) २०१८ नवेम्वर १४ देखि डिसेम्वर २७ सम्म अमेरिकाबाट आएका छोरा–वुहारी वसेका थिए । साथै १ डिसेम्वरदेखी १५ डिसेम्वरसम्म एक अंग्रेज केटा पनि सो घरमा रहेका थिए ।

(२) जनवरी ८ तारिख पछी रामचन्द्रका दुबै वालकहरुलाईसम्म घरवाहिर जान प्रतिवन्ध लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here