मेराे प्याराे जाडाे !

0
267

गिरीप्रसाद बुढा

जब नाङ्गै हुँदा पनि
उकुस मुकुस भईन्छ अाेछ्यानमै
र बगिरहन्छ खलखली पसिना 
सुत्नै दिंदैनन् पलङका खापबाट निस्किएका
भाेका उदुसहरुले
न त शान्ति दिन्छन् 
कानैमा अाएर चिच्चाउने लामखुट्टेहरुले
यस्ताे हुँदा मैले
बेस्सरी गाली गरेकै हुँ गर्मीलाई
अनि अाए हुन्थ्याे चिसा दिन भनेकै हुँ

जब अाज 
लेक लेकमा हिउँ फुस्फुसायाे
झ्यालकाे सानाे कापबाट पनि
कराेडाै झाेक्का चिसाे भित्रियो काेठामा 
अनि निर्ममता पुर्वक लग्लगी कमायाे छात्तिभित्रकाे सानाे मुटुलाई
मलाई लाग्याे
मेराे सबैभन्दा ठुलाे शत्रु हाे जाडाे
यसैले गर्मिलाई जस्तै गरि 
बेस्सरी गाली गरे जाडाेलाई पनि

यसरी नै बितिरहेकाे छ जिन्दगी 
मैले गर्मि भाेग्दै गर्दा 
लामखुट्टेबाट बच्न झुल हुँदैन म सँग
र हुँदैन पसिना सुकाउने पंखा पनि
मैले जाडाे भाेग्दै गर्दा
चिस्सिएका अाैला सेकाउने हिटर हुँदैन 
र हुँदैन राति अाेढ्ने सिरक पनि
यसैले साेच्ने गर्छु
म गरिब नभएकाे भए
मेराे प्याराे जाडाेलाई 
म कहिल्यै सराप्ने थिएन 
मेराे प्याराे गर्मीलाई
म कहिल्यै गाली गर्ने थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here