गजल : के भनौं

0
160

सुरेश कुमार पाण्डे

एकताको हल्ला गरेर फुटको खेती गर्नेलाई के भनौं
बर्गीय संघर्षको नाउँमा लुटको झोली भर्नेलाई के भनौं

सबैलाई आ–आफ्नो रंको छ, कसरी बन्छ हाम्रो देश
कठपूतली बनेर विस्तारवादतीर सर्नेलाई के भनौं

खाएर धनीको जूठोपुरा गरिखानेलाई जनकार्वाही
क्रान्तिकारीका आधारभूत सीमान तर्नेलाई के भनौं

कहिले देश नै बन्द गरी विदेशीलाई खुशी पार्नेलाई
सोझासाझा जनतामा लडाँइ गरेर मर्नेलाई के भनौं

बरुद र बम बन्दुके राजनीति गर्न यो देशभित्र संधै
अशान्ति अराजकता निम्ति आतंक छर्नेलाई के भनौं
(पाण्डेको यो रचान वहाँको आफ्नै अन्धकार चिर्ने दियो पुस्तकबाट हामीले लिएका हौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here