प्युठान सेवा समाज दोहा कतारको अपिल

0
387

रेसम रोका मगर दोहा,

कतार । मानिसको जीवनमा सधैं एउटै समय चक्र चल्दो रहेन्छ । हरेक उतार चढाब वीच पैंठेजोरी खेल्नु पनि जीवन भित्रको महत्त्वपूर्ण खेल रहेछ । त्यस्तै भएको समचारले बिक्षिप्त भएको छ प्युठान सेवा समाज दोहा कतार । बिगत स्थापना कालदेखि नै समाजले हरेक वर्ग समुदाय भैपरी आउँदा सहयोग गरि मलमपट्टी लगाउँदै आएको छ । त्यही मलमपट्टी लगाउनु पर्ने हुँदा बिकराल परिस्थितिमा परेकी पिडित प्यूठान जिल्ला नौ बहिनी गाउँपालिका ३ निवासी ३२ बर्षिया बसन्ता केसी बिगत ४ बर्षदेखि मृगौला पीडित भएकी छिन । सो ४ बर्ष पहिला एउटा मृगौला गुमाएकी थिइन् भने हाल अर्को मृगौलाले पनि काम गर्न छोडेको हुँदा प्यूठान सेवा समाज दोहा कतार द्वारा मृगौला पीडित “बसन्ता केस्सी बचाउ अभियान” सञ्चालन गरेको छ । स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण बुबाआमा दाजुभाई दिदी बहिनीहरुमा आर्थिक सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछौँ ।

पीडित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला समिति प्यूठान कि पूर्व सदस्य मृगौला पीडित बसन्ता केसीको लागि १८ जनवरी २०१९ मा प्यूठान सेवा समाज दोहा कतारले आधिकारीक रुपमा अभियान सञ्चालन गरेको सहर्ष जानकारी समाजका अध्यक्ष तथा संयोजक बलदेब रानाले जानकारी गराउनु भयो ।

आर्थिक सहयोग गर्न चाहने ब्यक्तिहरुले गोंगबु, सामाखुसी, काठमाडौंमा रहेको एभरेष्ट बैंकको खाता नम्बर ०४८००५०१२०३१७३ मा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ । मृगौला पीडित बसन्ता केसीको सम्पर्क नम्बर ९८१८८०६३७२८, दाजु डिल बहादुर केसी ९८६८६१७६६९, भाइ बिसाल केसी ९८०८०३०१३० लाई सम्पर्क गर्न सकिने छ ।

कतारमा सिधै प्युठान सेवा समाजको फेसबुक पेज वा अध्यक्ष बलदेव राना ७०२७३८७७ र महासचिव धर्मसिंह बिस्वकर्मा सम्पर्कः ७०७५९७९३ गर्न सक्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here