तपाइले जान्नै पर्ने किबोर्डको ८ सर्टकट

0
462
कम्प्यूटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् । जसले तपाईको कम्पयूटरमा काम गराईलाई सजिलो बनाईदिने छ ।
माईक्रोसफ्ट विण्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका तालिम प्राप्त र अनुभवि प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्छन् । तर नयाँ प्रयोगकर्ता र तालिम नलिई कम्पयूटर चलाउन शुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव
तपाई इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगलक्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ–नयाँ साइट सक्नुहुन्छ । तर, तपाइले कुनै एउटा ट्याव वा पुरै विण्डो बन्द गर्नु प¥यो भने माउस चलाईरहनु पर्दैन । Ctrl+W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl+Shift+W ले पुरै विण्डो बन्द हुनेछ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाई वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ र फण्ट साइज घटाउनु वा बढाउनु छ भने हरेक पटक माउसको साहरा लिनु पर्दैन । तपाइले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस् । साइज बढाउनका लागि Ctrl+] को प्रयोग गर्नु होस्, घटाउनका लागि Ctrl+[
३. विण्डो परिवर्तन 
कम्प्यूटरमा तिब्र गतिमा विभिन्न विण्डो खोलेर काम गर्नुपर्दा विण्डोजको जुनसुकै भर्सनमा पनि Alt+Tab । को प्रयोग गर्नु पर्दछ । विण्डो ७ र ८ भर्जनमा भने Windows key + Tab प्रयोग गर्न सकिन्छ ।
४. एउटै स्क्रिनमा दुइवटा विण्डो 
तपाइले केही अनुशन्धान गरिरहनु भएको छ र त्यहीवेला तपाईलाई  इन्टरनेट सर्फ गर्नुपर्ने अवस्था आयो । घरी इन्टरनेट खोल्ने र वर्डमा आउने गर्दा दिक्क लाग्दो हुन्छ । यसको लागि वर्ड फाइल खोल्नु होस् र Windows + right arrow key थिच्नु होस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब पट्टिको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाइले कुनै फाइल आइकन सेलेक्ट गर्नु भयो र डिलिट हान्नु भयो । यसले तपाइको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल विन फोल्डरमा भने रहिरन्छ । यदि तपाइले त्यसको सट्टा Shift+Del भयो भने तपाइको फाइल कम्प्यूटरबाट सधैंको लागि हट्छ । तपाईको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Funtion (Fn) key सँगै Print Screen बटन थिच्नु पर्ने हुन्छ ।
६. शब्द गन्ने र अक्षर बदल्ने 
कुनै काम गर्दा अहिले पनि तपाईलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेक पटक टुलमेनुमा गएर वर्ड काउण्टमा जानु पर्दैन, यदि तपाइले सर्टकट प्रयोग गर्नुभयो भने यसका लागि Alt +T+W थिचे पुग्छ ।
यसैगरी अंग्रेजीमा टाइप गरिरहुनभएको छ भने निकैपटक क्यापिटल लेटर र स्माल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाइले हरेक पटक ती अक्षर ठूलो वा सानो अक्षरमा टाइप गरिरहनु पर्दैन । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस् Alt +F4 थिचे पुग्छ ।
७. डेस्कटपमा जाने र कम्प्यूटर लक गर्ने 
यदि तपाई कम्प्यूटरमा धेरै विण्डोज खोल्नु भएको छ र यस्तो अवस्थामा सिधै डेक्कटपमा जान चाहनु हुन्छ भने सबै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन । किबोर्डमा रहेको विण्डो किका साथमा D (Windows + left) थिच्नु भयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरी त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाइलाई कम्प्यूटर लक गर्न चाहनुहुन्छ भने Windows + L हान्नुहोस् ।
८.  टेक्स्ट सेलेक्ट 
वर्डफाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो वेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नु भयो भने टेक्स्ट सेलेक्ट सजिलो हुन्छ । जस्तो कि, तपाइले Shift+Home गर्नुभयो भने तपाइको क्रसर जहाँ छ, त्यहाँबाट सुरुसम्मको सबै अक्षर सेलेक्ट हुन्छ । यसैगरी Ctrl+Shift+Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift+End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here