गीत

0
177
नविन बस्याल, स्वर्गद्वाराी प्यूठान
हाल जापान

लुछिदैछ देशको अश्मिता
टुक्रिदैछ राष्ट्रको अखण्डता
फर्कि आउ ए , देशका सन्तान हो
नेपाल आमाको पुकार यो

गैरी खेत बाँझो राखी किन बस्छौ परदेशमा
माटो छोय धान फल्छ फर्कि आउ स्वदेशमा (२
लुछिदैछ देशको ……………..
टुक्रिदैछ राष्ट्रको…………….

बनमा न्याउली कराउदै खोज्छ तिम्रो सहारा
यो देशलाई खाँचो झनै युवाको अपार २
लुछिदैछ देशको …………………….
टुक्रिदैछ राष्ट्रको…………….

खोला नाला झरनाको यही छ पुकार
नयाँ युगको प्रारम्भमा जाग है हुंकार
लुछिदैछ देशको …………………
टुक्रिदैछ राष्ट्रको……………..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here