- सन् २०१७ मा भारतका कनिष्ठ शिक्षामन्त्री सत्यपाल सिंहले प्राचीन महाकाव्य रामायणमा विमानबारे पहिलो चोटि उल्लेख गरिएको दाबी गरेका थिए। उनका अनुसार राइट दाजुभाइले भन्दा आठ वर्षअगाडि नै भारतका शिवकर बापूजी तलपदेले पहिलो आधुनिक विमान बनाएका थिए।
- सोही वर्ष पश्चिम भारतीय राज्य राजस्थानका शिक्षामन्त्रीले सास फेर्दा अक्सिजन लिन र फ्याँक्न केवल एउटा प्राणी गाई समर्थ भएको दाबी गर्दै गाईको वैज्ञानिक महत्त्वबारे जान्न आवश्यक भएको बताएका थिए।
- सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईस्थित एउटा अस्पतालका कर्मचारीलाई सम्बोधन गर्दै मानवको शरीरमा हात्तीको टाउको जोडिएर बनेका भगवान् गणेश प्राचीन भारतमा कस्मेटिक सर्जरी अभ्यास गरिने प्रमाण भएको आशय व्यक्त गरेका थिए।
- आइतवार इन्डियन साइन्स कङ्ग्रेसमा आइतवार एउटा शोधपत्र प्रस्तुत गरेका भूगर्भशास्त्री आशु खोसलाले भगवान् ब्रह्माले डाइनोसर पत्ता लगाएका र प्राचीन धर्मग्रन्थमा तिनको उल्लेख भएको बताएका छन्।
- हिन्दूवादी दल भारतीय जनता पार्टीका नेता रमेश पोखरियाल ‘निशङ्क’ले सन् २०१४ ले ज्योतिषशास्त्रका अगाडि आधुनिक विज्ञान फुच्चे भएको टिप्पणी गरेका थिए। उनले भारतमा एक लाख वर्षभन्दा पहिला नै पारमाणविक परीक्षण गरिएको दाबी गरेका थिए।
- विविसी नेपाली सेवाबाट सभार