बैठक पछि पत्रकार सम्मेलन सम्पन्न

0
309

अविलम्ब संघीयता खारेज गर्नु पर्ने

टेकराज भुसाल(टेकु)
पुस ३०, बुटवल । राष्टिय जनमोर्चाले देशव्यापि सांगठनात्मक अभियान चलाउने भएको छ । जनमोर्चा राष्ट्रिय परिषद्को बुटवलमा सम्पन्न प्रथम बैठकले उक्त निर्णय गरेको हो । पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको गरि पुस २७ र २८ गते बुटवलमा सम्पन्न प्रथम राष्टिय परिषद् बैठकले गरेको निर्णयलाई सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा राजमोका कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले अभियानको बारेमा जानकारी गराउनुभयो ।

नेपालीका अनुसार– महंगी भष्ट्रचार, कालोबजारी नियन्त्रण लगायतका विषयमा दबाब दिने उदेश्यले जनमोर्चाले माघ १९ गते देश व्यापीरुपमा विरोध सभा समेत गर्ने भएको छ ।

वर्तमान परिस्थीतिममा देश विकास भन्दा पनि अधोगतीतर्फ गएको राष्टिय जनमोर्चाले आम जनसमुदायको ध्यानाकर्षण समेत गराएको छ ।

देशमा संघीयताको कारणले अनावश्यक खर्च बढेको, जातिय क्षेत्रीय द्वेष बढाएको, राष्ट्रयता नै विखण्डन तर्फ अगाडी बढेको भन्दै जनमोर्चाले अविलम्ब संघीयता खारेजीको विकल्प नभएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here