चण्डीगढमा छतबाट खसेर एक नेपालीको मृत्यु

0
840

चंडीगढ़, १३ जनवरी । पञ्जाबको चण्डीगढमा एक नेपालीको छतबाट खसेर मृत्यु भएको समाचार छ । उनी धनुषा, मिथिला नगरपालिका वार्ड न ३ निवासी तथा हाल चण्डीगढस्थित पंचकूला अभयपुरमा रहँदै आएका धनराज करय पंच वहादुरको रुपमा परिचय खुल्न आएको छ ।

८ जनवरीको राती आफु बस्ने घरको छतबाट खसी गम्भीर घाइते भएका उनलाई सेक्टर ६ पंचकुलाको जनरल अस्पतालमा मूल प्रवाहका शिवराम थापा तथा नरेन्द्र बलम्पाकीले ९ जनवरीका दिन विहानै भर्ना गर्नुभएको थियो । त्यसै दिन धनराजको अवश्था गम्भीरदेखि जनरल अस्पतालले पिजीआइ चंडीगढ़मा रेफर गरेको थियो । “पिजीआइमा पनि उनको अवश्थामा सुधार भयन र १०जनवरीका दिन धनराजको निधन भयो ।” एक जना प्रत्यक्षदर्शी बताए ।

विगत २१ वर्षदेखि ओपरगेस्कोट कम्पनी ३१६६ इन्डस्ट्रीयल एरिया पंचकुलामा कार्यरत धनराजको निधन पश्चात मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्य, सदस्यहरु शिवराम थापा, नरेन्द्र वलम्पाकी, नेपाली वेलफेयरका खेमचन्द तथा कम्पनीका स्टाफहरुको लगातार रेखदेख तथा सहयोग रहेको थियो ।

मृतक धनराजको शवलाई सेक्टर ६ जनरल अस्पतालमा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्य, सदस्यहरु शिवराम थापा, नरेन्द्र वलम्पाकी, नेपाली वेलफेयरका खेमचन्द तथा कम्पनीका स्टाफहरुको रोहवरमा १२ जनवरीका दिन पोष्टमार्डम गरिएको थियो ।
मृतक धनराजकी श्रीमती धनमाया मिजार तथा छोरी प्रमिला मिजारलाई नेपालबाट समेत वोलाएर आज १३ जनवरीका दिन विभिन्न समाजका कार्यकर्ताहरु, काम गर्ने कम्पनीका जीएम ललितप्रसाद गुप्ता तथा अन्य कर्मचारीहरुको उपस्थितिमा मनिमाजरा चंडीगढ़को समशानघाटमा अन्तिम संस्कार गरिएको छ ।

माइली छोरीले दिइन मुखाग्निः

मृतक धनराजकी माइली छोरी प्रमिलाले सामाजिक परम्परा र मान्यतालाई चुनौती दिदै आप्mनी आमा धनमाया मिजार तथा मूल प्रवाह एकता समाज लगाएत विभिन्न संघ संस्थाहरुका सदस्यहरु तथा कम्पनी कर्मचारीहरुको उपस्थितिमा आप्mनो बाबा धनराजलाई मुखाग्नि दिइन् ।

संस्कार स्थल मै सहयोग :

मृतक धनराजले प्राइवेट कम्पनीमा विगत २१ वर्ष देखि काम गरिरहेको र नेपालीघर तर्फ भने अत्यान्तै दयनीय आर्थिक स्थिति भएको थाहा लागेपछि मूल प्रवाहको पहल तथा अन्य संघ संस्थाहरुको समेत सहयोगमा दाहसंस्कार स्थल मै नगद रु ८ हजार ६०० तथा कम्पनीको तर्फबाट संस्कारमा लाग्ने सबै खर्च सहयोग गरिएको छ । मूल प्रवाहका प्रेम आचार्य, खिमराज चालिसे, मान बहादुर केसी, तेजबहादुर रोका, नेपाली वेलफेयर सोसायटीका खेमचन्दको सक्रियतामा उठाइएको सो रकम मृतकका श्रीमती र छोरी प्रमिलालाई तत्काल संस्कारमा सहभागीहरु कै विचमा सो रकम हस्तांतरण गरिएको छ ।

शोक सभा सम्पन्न :

नेपाली समाचारका सम्वाददाता खिमराज चालिसेको सञ्चालनमा सम्पन्न शोकसभामा २ मिनट मौनधारण पछि, मूल प्रवाह क्षेत्रीय सदस्य प्रेम आचार्य, वेलफेयरका खेम चन्द तथा कम्पनीका जीएम ललित प्रसाद गुप्ताले शोक मन्तवय दिनुभएको थियो । शोक मन्तव्यका क्रममा गुप्ताले आफुहरुले ग्रेजुयटी, फण्ड, वोनस तथा कम्पनीबाट पाउनु पर्ने अन्य रकम समेत र प्रत्येक इच्छुक कर्मचारीहरुबाट पनि सक्दो मद्धत गराउर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here