आफन्तको खोजीमा

0
199

भून्तर, १३ जनवरी । विगत दुई वर्षदेखि बाबा आमा र घरपरिवारबाट सम्पर्क विहिन रहेका विनोद थापा नामका १३ वर्षीय बालक हिमाचलको भून्तरमा फेला परेका छन् ।

बाबाको नाम प्रेम बहादुर थापा, आमाको नाम धनकली बुढा मगर र मामाको नाम ओपील बताउने निज बालक विनोद बुढा साविक नमुले गाविस ५ दैलेख घर भएको बताउँछन् ।

आफूले नमुलेको हिमसिखर नमुले हाई स्कुलमा पढ्दा पढ्दै परिवारिक सम्पर्क विहिन भएको बताउँछन् ।

उनलाई कुल्लु भून्तरस्थित चाइल्ड लाइनले फेलापारेको छ । उनलाई भून्तरको बालआश्रममा राखिएको छ । बालआश्रमले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भून्तर नगर समितिलाई जानकारी गराएपछि यो समाचार सम्प्रेषण गरिएको छ ।

ति बालक हाल आफन्तको खोजीमा छन् । उनका नाता प्रमाणित हुने कागज पत्रहरु सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लु भून्तर नगर समितिमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here