– दुर्गा शर्मा
तिमी मेरो लक्ष्य हौ
मेरो भविष्य
मेरो आदर्श
मेरो गन्तव्य
तिमीलाई भेट्ने
व्यग्र चाहना छ मेरो
त्यसैले त म
तिम्रो समिपमा
आउनको लागि
हिंडिरहेछु
दौडिरहेछु
यो कठिन यात्रामा
अनेक मोडहरु पार गर्दै
थुप्रै बाधाहरु पन्छाउँदै
ज्वारभाटासँग जुध्दै
असमानताको खाडल पूर्नुछ
त्यसैले त शोषणमा
पिल्सिएका
न्याय र समानताको
खोजीमा भौंतारिएका
श्रमजीवी सारा
बटुल्दै, मिसाउँदै
यो लामो यात्रामा
गाउँदै क्रान्तिका गीत
जोड्दै वर्गीय नाता
सुनाउँदै बिरताका गाथा
अदम्य हिम्मत बोकेर
झुटको पर्खाल भत्काउदै
लुटको महल ढलाउँदै
तिम्रो समिपमा आउँनुछ
तब मात्रै खुल्नेछ
समानताको बाटो
सुनौलो भविष्य
पूरा हुनेछ मेरो चाहना
मेरो सपना
११ पौष २०७५