ओमान नेपाली एकता समाजको बैठक सम्पन्न

0
248

ओमान नेपाली एकता समाजको महासचिवमा सोम तमाङ

ओमान । ओमानस्थित नेपाली मजदुरहरुका समस्यालाई अग्र स्थानमा राखेर सामाजिक गतिबिधी अघि बडाउँदै आइरहेको ओमान नेपाली एकता समाज केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । समाजका केन्दीय अध्यक्ष छबिलाल बस्नेतको अध्यक्षताबाट बैठक अगाडि बढेको थियो ।

सम्पुर्ण उपस्थित सदस्यबाट रिपोर्टिङका साथ सुरु भएको बैठकमा मजदुर क्याम्प भिजिट तथा आगामी २५ जनवरी २०१९ का दिन मनु सुनारको संयोजकत्वमामा बनभोज कार्यक्रम सम्पन्न गर्ने लगायतका निर्णय गरिएको बैठक पछि छविलाल बस्नेतले जानकारी दिनुभयो ।

अध्यक्ष बस्नेतले अघिल्लो केन्द्रीय समितिको बैठकदेखि तिन महिनाको अन्तरालमा गरिएका काम बारे जानकारी गराउनु भएको थियो । साथै दलालहरुले बिभिन्न प्रलोभन देखाइ घरेलु महिला कामदारको रुपमा ओमान ल्याई अलपत्र पार्ने लगायत विभिन्न पिडाहरुबाट पीडित महिलाहरुलाई एकल तथा राजदुतावाससँग समन्वय गरेर उद्दार गरि नेपाल पठाउन सफल भएको अध्यक्षले बताउनु भयो ।

अध्यक्ष बस्नेतले संगठनका साथीहरूले खेलेको भुमिका र रादुताबासलाई धन्यवाद समेत दिनुभयो । महासचिबको पद रिक्त हुन गएकोले उक्त स्थानमा केन्द्रीय सदस्य सोम तामाङलाई र केन्द्रीय सदस्यको रिक्त स्थानमा सोभाराम पुनलाई सो बैठकले चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here