बाग्लुङमा अखिल(छैठौ) को विद्यार्थी भेटघाट जारी

0
210

बबिन शर्मा,

पैयूथन्थाप । राष्ट्र राष्ट्रियता र जनजिबिका साथै विद्यार्थी हकहित र अधिकारको सबालमा आफुलाई निरन्तर संर्घषको मैदानमा उभ्याउन सफल विद्यार्थी सङ्गठन अखिल (छैठौ) यतीबेला बागलुङका बिभिन्न स्थानहरूमा विद्यार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा ब्यस्त रहेको छ ।

सोही सिलसिलामा सोमबार जनता मावि पैयूथन्थाप र बिजुवा मावि पैयूथन्थापमा विद्यार्थी भेटघाट तथा इकाई पशिक्षण र बैठक सम्पन्न भएको छ । जनता मावि पैयूथन्थापमा माघको पहिलो शुक्रबार “सामाजिक सञ्जाल र यसको प्रयोगको सबल तथा दुर्बल पक्ष” बिषयक बक्तृत्व कला राखिने भएको छ ।

जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेको नेतृत्वको एक टोलीले सोमबार नै जैमिनी नगरपालिका वडा नं १० स्थित, राङ्खानी माविमा इकाई भेला तथा पशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जैमिनी नगरपालिका अखिल (छैठौं) को निबर्तमान सचिब लक्ष्मी प्रसाद शर्माको सञ्चालनमा सुरू भएको कार्यक्रममा जिल्ला अध्यक्ष ईन्द्र मणी पाण्डेले मन्तव्य दिंदै अखिल (छैठौ) मात्र विद्यार्थी हकहितको बारेमा संझौताहिन संघर्ष गर्ने सङ्गठन भएकोले बिकृती र बिसङ्गतिको अन्त्य गर्न र शैक्षिक समानताको लागि सबैलाई अखिल (छैठौं) को कलम र तारा अङ्कित झन्दा मुनी गोलबन्द हुन आब्हान गर्नु भयो ।

नगर सचिब दिपेन्द्र पौडेलले राष्ट्रियताको लागि देशमा हरेक परिस्थितीमा अखिल छैठौंको महत्वपूर्ण भुमिका रहेको भन्दै अखिल (छैठौ) को झन्डा फहराउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नगर सदस्य बबिन शर्माको समेत उपस्थिति रहेको थियो ।

१४० जना विद्यार्थीको उपस्थिति रहेको भेलाले रमिला थापाको अध्यक्षतामा १९ पुर्ण ५ बैकल्पिक १ रिक्त सहित २५ सदसीय अखिल (छैठौ) मुल ईकाई समिति राङ्खानी मावि गठन गरिएको छ । जसको उपाध्यक्षमा सचिब सहसचिव र कोषाध्यक्षमा क्रमश ः योगेश श्रीस, बिकास थापा, जमुना परियार, हिमाल काऊचा र अन्य सदस्य रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here